• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
सोमबार, साउन ११, २०८३
☰
सोमबार, साउन ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

  •   शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित

काठमाडौँ, जेठ १५ गते । उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थामा जाने गरेको भए पनि राज्यले त्यसको यकिन अभिलेख नराखेको पाइएको छ । नेपाली विद्यार्थी विभिन्न माध्यमबाट छात्रवृत्ति पाएर उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन् । तर ती विद्यार्थीमध्ये कुन तह र विषयमा कति विद्यार्थी त्यसरी विदेश जान्छन् र कति फर्केर आउँछन् भन्ने स्पष्ट तथ्याङ्क सरकारी निकायसँग छैन ।

महालेखा परीक्षकको प्रतिवेदनले हरेक वर्ष विभिन्न तह तथा विषयमा स्वदेश तथा वैदेशिक छात्रवृत्तिमा अध्ययनार्थ मनोनयन भएको विद्यार्थीको अभिलेख नदेखिएको भन्दै प्रश्न गर्दै आएको छ । उक्त कार्यालयले हालै सार्वजनिक गरेको ६३ औँ प्रतिवेदनमा २०७१/७२ देखि २०८१/८२ सम्म चिकित्साशास्त्र, वनविज्ञान, इन्जिनियरिङ, कृषिलगायतका विषयमा छात्रवृत्तिमा मनोनयनमा परेका विद्यार्थीको अभिलेख नरहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विशेष गरी भारत, चीन, पाकिस्तान, बङ्गलादेश, रसियालगायतका मुलुकमा धेरै जाने गरेका छन् । त्यसबाहेक कहिलेकाहीँ क्युबा, इजिप्टलगायतका मुलुकमा पनि थोरै सङ्ख्यामा विद्यार्थी जान्छन् । विदेशमा विद्यार्थी चिकित्साशास्त्र, वनविज्ञान, इन्जिनियरिङ, कृषिलगायत विभिन्न विषय र तहमा अध्ययन गर्न जाने गरेका छन् ।

तर सरकारी संयन्त्रकै समन्वयमा गए पनि ती विद्यार्थी कति स्वदेश फर्कन्छन् भन्ने स्पष्ट तथ्याङ्क छैन । यसरी छात्रवृत्ति कोटा उपलब्ध गराउने मुलुकले नेपालस्थित आफ्ना दूतावासमार्फत नेपाल सरकारसँग समन्वय गर्ने गर्छ ।

सम्बन्धित दूतावासले आफ्नो मुलुकबाट उपलब्ध हुने छात्रवृत्ति कोटा, विषय र तह छुट्याएर नेपालको परराष्ट्र मन्त्रालयमा पत्राचार गर्छ । परराष्ट्रले यो विषयमा शिक्षा मन्त्रालयलाई खबर गरेर आफूलाई माग भए अनुसारको विद्यार्थी उपलब्ध गराइदिन भन्छ ।

परराष्ट्रबाट माग भई आए अनुसार शिक्षा मन्त्रालयले चिकित्सा शिक्षासँग सम्बन्धित पढाइ हो भने चिकित्सा शिक्षा आयोग र इन्जिनियरिङसँग सम्बन्धित विषय हो भने इन्जिनियरिङ अध्ययन संस्थानसँग समन्वय गरेर विद्यार्थी छनोट गर्छ । यी दुई निकायले सञ्चालन गरेको प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थी मात्र छात्रवृत्तिमा अध्ययन गर्न जान पाउने नियम छ । शिक्षा मन्त्रालयका अनुसार गत वर्ष बङ्गलादेशले २२, पाकिस्तानले १० तथा चीनले तीन वटा छात्रवृत्ति कोटा उपलब्ध गराएको थियो । त्यसबाहेक क्युबा, इजिप्टलगायतका मुलुकले पनि केही छात्रवृत्ति कोटा दिएको थियो ।

मन्त्रालयका छात्रवृत्ति शाखाका उपसचिव कुशलदेव घिमिरेका अनुसार हरेक वर्ष छात्रवृत्ति कोटा घटबढ हुन सक्छ । छात्रवृत्ति दिने मुलुकले दिएको छात्रवृत्ति कोटामा सधैँ विद्यार्थी जान्छन् भन्ने पनि हुँदैन किनकि छात्रवृत्ति दिने मुलुकले उपलब्ध गराएको विषय र त्यहाँको पढाइ अलि ढिलो हुने भएका कारण कहिलेकाहीँ सबै कोटामा विद्यार्थी पढ्न नजान पनि सक्छन् ।

मन्त्रालय आफैँले छनोट गरेर पठाएको विद्यार्थी त पढाइ सकिएपछि स्वदेश फर्केर सम्पर्क गर्छन् तर केही मुलुकको दूतावासले भने आफैँ विद्यार्थी छनोट गरेर पढ्न पठाउने गर्छन् । विशेष गरी नेपालस्थित भारतीय दूतावास, रसियन कल्चर सेन्टरलगायतले आफैँ विद्यार्थी छनोट गरेर पनि लैजाने गरेका छन् ।

यसरी जाने विद्यार्थी पनि नेपालको प्रवेश परीक्षामा उत्तीर्ण भने हुनै पर्छ । किनकि प्रवेश परीक्षा उत्तीर्ण नभएका विद्यार्थीले अध्ययन अनुमतिपत्र (एनओसी) लिन पाउँदैनन् । तर धेरै विद्यार्थी प्रवेश परीक्षा उत्तीर्ण हुने भएका कारण कति गए वा गएनन् भन्ने विषयमा स्पष्ट पार्न नसकिने उपसचिव घिमिरेले बताउनुभयो ।

छात्रवृत्ति ऐन, २०२१ को दफा ४ मा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीले अध्ययन समाप्त गरेको मितिले तीन महिनाभित्रमा प्रतिवेदन बुझाउनुपर्ने गरी कबुलियतनामा गराउने व्यवस्था छ । विद्यार्थीबाट प्रतिवेदन पेस गरेको एक वर्षभित्र सरकारको स्वामित्व भएको वा आर्थिक सहायता प्रदान गरेको संस्था वा संस्थानको पदमा सेवा गर्न लगाउने व्यवस्था छ ।

तर चिकित्सा शिक्षा पढेर आएका विद्यार्थीलाई सेवामा लगाउने गरिएको भए पनि अन्य विषय पढेका विद्यार्थीलाई भने सेवामा लगाउन सकिएको छैन । चिकित्सा पढेर आएका विद्यार्थीका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निर्देशिकै बनाएर आफू अन्तर्गतका अस्पतालमा पठाउने गरेको छ ।

मन्त्रालयका उच्च शिक्षा महाशाखाका सहसचिव श्रीकृष्ण भट्टराईले चिकित्सा शिक्षाबाहेकका विषय पढेका विद्यार्थीले दक्षता अनुसार बजारमा जनशक्ति अभावै नभएका कारण नखटाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य विषय पढेका विद्यार्थी पनि पढाइ सकिएपछि मन्त्रालयमा सम्पर्क गर्न आउनुहुन्छ । तर उहाँहरूलाई तत्काल काममा खटाउन नसकिएपछि सम्पर्क गरौँला भनेर घर फर्काउने गरेका छौँ ।”

शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु
देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते
नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

भर्खरै

  • १.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • २.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ३.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ४.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ५.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ६.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

  • ७.
    आज साउन ११ साउनको तपाइको राशिफल

  • ८.
    ‘मास्टर्नी’को टिजर सार्वजनिक, छोरी बचाउन आमाले गर्ने संघर्षको झलक

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.