काठमाडौं, कार्तिक २१ गते
नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितका लागि राहत पठाएको छ । प्रदेश इन्चार्ज वर्षमान पुन अनन्तले गोंगबु नयाँबसपार्क पुगेर सोमबार भूकम्प प्रभावित क्षेत्रका लागि राहत पठाएका छन् ।
४ सय थान कम्बलसहित चाउचाउ र खाद्यान्न पठाइएको सो माओवादी सम्वद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्षसमेत रहेका प्रदेश अध्यक्ष जगत सिंखडाले बताएका छन् ।
यस्तै, सिरक, त्रिपाल र म्याट ४÷४ सय थान तथा ४ सय क्विन्टल चामल समेत पठाउन लागिएको पुनले जानकारी दिएका छन् । बुधबार वा बिहीबारसम्म राहत सामग्री प्रभावितका जिल्ला दैवी प्रकोप उद्धार समिति समक्षा पुग्ने गरी व्यवस्था मिलाइएको सिंखडाको भनाइ छ ।
जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोटमा १०४ र रुकुमपश्चिममा ५३ गरी १ सय ७५ जनाले ज्यान गुमाएका छन् । दुई सयभन्दा बढी घाइतेको जाजरकोट, रुकुमपश्चिम, सुर्खेत, बाँके र काठमाण्डुका विभिन्न अस्पतालमा उपचार जारी छ । भूकम्पका कारण झण्डै ८ हजार घर बस्नै नमिल्ने गरी भत्किएका छन् ।
भूकम्प पीडितलाई माओवादी उपत्यका प्रदेशले पठायो राहत
भूकम्प पीडितलाई माओवादी उपत्यका प्रदेशले पठायो राहत
तपाईको प्रतिक्रिया


