• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

गठबन्धन सरकार सफल छ : प्रधानमन्त्री प्रचण्ड

  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित

विराटनगर, पुस ५
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय, विकास निर्माणको क्षेत्रमा भएका कामले सरकारको एक वर्षे अवधि सफल रहेको बताउनुभएको छ। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग छोटो कुराकानी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले एक वर्षको अवधिमा सोचेअनुसार नतिजा दिन नसकेको भए पनि सरकार सफलतातर्फ उन्मुख रहेको बताउनुभयो ।

उहाँले सरकारले सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा र नागरिकताबिहीन युवाको पक्षमा महत्त्वपूर्ण काम गरेको बताउनुभयो। ‘‘मैले जति सोचेको हो, त्यसरी काम भयो भन्ने मेरो दाबी छैन। गठबन्धनको सरकार हो। धेरै सीमा र अप्ठ्यारा हुन्छन्’’ उहाँले भन्नुभयो, ‘‘सबैलाई मिलाएर लाने जिम्मेवारी छ। तर, सुशासन, सामाजिक न्याय, विकास निर्माणको क्षेत्रमा भएका कामले सरकार सफल छ। ’’

मिडियाले पूरै विषय नबुझी कतिपय सन्दर्भमा लेखिदिएर भ्रमहरू सिर्जना भएको भन्दै प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितको मुद्दा सम्बोधन, भ्रष्टाचारविरुद्धका काम र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको हिसाबले सरकार सफल रहेको दाबी गर्नुभयो।

प्रधानमन्त्री प्रचण्डले आफूले पुस लागेदेखि सामूहिक रूपले मन्त्रालयको बिफ्रिङ लिइरहेको र अहिलेसम्म ६ वटा मन्त्रालयको सकिएको जानकारी दिनुभयो। ‘‘सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छु। अब नयाँ ढङ्गले जाने, विकास निर्माण र जनताको सेवा अगाडि बढाउने योजना बनाउने हो’’ उहाँले भन्नुभयो, ‘‘अब टार्गेट दिइन्छ। त्यो अनुसार भएन भने सोच्नुपर्छ। ’’

प्रधानमन्त्री प्रचण्डले एनसेल काण्डमा पर्याप्त तथ्य तथ्याङ्कसहित आफूले संसदीय समितिमा कुरा राखिसकेकोले विधि, विधान र कानुनभन्दा माथि कसैलाई पनि छुट नहुने बताउनुभयो। ‘‘यसलाई अनावश्यक कोट्याउन आवश्यक छैन। विधि, विधान र कानुनभन्दा बाहिर केही गर्न दिइँदैन,’’ उहाँले भन्नुभयो।

आफ्नो पार्टीको नामबाट कम्युनिष्ट हटाउन लागेको भन्ने चर्चा गलत भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। ‘कम्युनिष्ट पार्टीको नाम परिवर्तन हुँदैन। खाली माओवादी केन्द्रको ठाउँमा समाजवादी केन्द्र हुनसक्छ’’ उहाँले भन्नुभयो, ‘‘भेला, सम्मेलन, अधिवेशनबाट नेपाल कम्युनिस्ट पार्टी समाजवादी पनि हुनसक्छ, यस विषय छलफलमै छौँ। ’’

कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ। विवादलाई अतिवादतिर जान दिन नहुने भन्दै प्रधानमन्त्री प्रचण्डले सबै मिलेर छलफल र संवादबाट शान्तिपूर्णरुपमा समस्या समाधान गर्न आफूले सबैलाई आग्रह गरेको बताउनुभयो।

बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.