पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । खोया प्रहार गर्ने एक जना पक्राउ परिसकेका छन्।
अमरसिंहचौरस्थित खेल मैदानमा लामिछानेले सम्बोधन गरिरहेका थिए। यसैक्रममा उनीमाथि सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन्। उनले हरिया मकै खाइसकेपछि त्यसको खोया प्रहार गरेका प्रहरीले जनाएको छ।
लामिछानेले बोल्दै गर्दा अगाडिबाट खोयाले हानिएको थियो। रानाभाटमाथि अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख, एसपी मोहनबहादुर थापाले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया


