राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताउनु भएको छ । शनिबार नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आफ्नो तागतले भ्याएसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउन नदिने बताउनुभयो । म के विश्वास दिलाउन चाहान्छु भने मेरो तागतले भ्याएसम्म र म रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन, उहाँले भन्नुभयो ।
राष्ट्रपति पौडेलले आफूलाई संविधानले दिएको ज़िम्मेवारी निष्ठापूर्वक पालना गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएकोछ । संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो।
तपाईको प्रतिक्रिया


