प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘काम गर्न नसक्नेलाई माफी दिने मनस्थितिमा नभएको बताउनु भएको छ । उहाँले मन्त्रीहरुलाई असफल हुन छुट नभएको बताउनु भयो ।
सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई माफ गर्न नसक्ने बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हामीलाई असफल हुन छुट छैन ।
कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफी गर्ने अवस्था र मनस्थितिमा छैन । हामी आआफ्नो भूमिकामा न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं । कार्यसम्पादन गर्न सकेनौं भने कसैले ठाउँ ओगटिराख्नु हुँदैन, छाडिदिनुपर्छ ।’
तपाईको प्रतिक्रिया


