श्री पशुपति हिन्दु विश्वविद्यालय द्रुत गतिमा अगाडी बढाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पुशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीले निर्देशन दिनुभएको छ ।
विश्व विद्यालय स्थापनका लागि डा।जगमान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठक मंलबार बसाउदै मन्त्री किरातीले यस्तो निर्देशन दिनुभएको हो । गत चैत्रमा गठित समितिको हाल सम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफुले मन्त्रालयस्तर बाट गर्नु पर्ने समन्वय र पहल बारे सुझाउन समेत समितिलाई आग्रह गर्नुभएको छ ।
समतिका सदस्यले हाल अध्ययन, अनुसन्धान संगै मस्यौदाको चरणमा रहेको बताएका छन् । पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक समेत रहनुभएका समितिका सदस्य सचिव डा।घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णय संगै परिषदबाट हुने नितिगत निर्णय सहज भएमा विश्व विद्यालय स्थापनाले गति लिने बताउनुभयो । यो विश्व विद्यालयले विशेष गरि अध्ययन अनुसन्धानलाई प्रथामिकता दिने गरि प्रारम्भिक रुपरेखा बनिरहेको बताउनुभएको छ । यस विश्व विद्यालयमा नेपालका सवै धर्म शास्त्रहरुको अध्ययन अनुसन्धान गराइने समितीका सदस्य चेतनाथ गौतमले बताउनु भयो ।
यस विश्व विद्यालयमा कम कक्षा र बढी अनुसन्ध गराइने प्रारुप तयार गरिएको अर्का सदस्य डा।प्रेमबहादुर खत्रीले बताउनु भयो । नेपालमुखि अनुसन्धन, धर्म, शास्त्र र संस्कृतिलाई विश्वमै स्थापित गर्ने गहन संस्थाका रुपमा यस विश्व विद्यालयलाई स्थापना गरिने खत्रीले बताउनु भयो । विश्व विद्यालय गुठी अवधारणामा चल्ने, कुनै पनि विश्व विद्यालयलाई यसले सम्बन्धन नदिने, निश्चीत प्रक्रिया पुरा गरेपछि स्नातक उतिर्ण गरेका विद्यार्थीलाई भर्ना गर्ने समितीका अर्का सदस्य कमल ढकालले बताउनु भयो ।
यस अवधारणाले नेपाल, पशुपति र हिन्दुहरुको गौरवको विषय भएकोले कुनै प्रकारको ढिला सुस्ति नगर्न क्षेत्र विकास कोषलाई निर्देशन दिनु भएको छ ।


