• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ७. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

जनताको अपेक्षा पूरा गर्न सरकार लागिपरेको छ : प्रधानमन्त्री

  •   बुधबार, पुष ११, २०८० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार जनअपेक्षाअनुसार काम गरिरहेको बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा आयोजित ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

‘मेरो एक वर्षे कार्यकालमा केही रेकर्डहरू बनेका छन्, यो सरकारले मिटरब्याज पीडित गरिब, किसानलाई उहाँहरूको पीडाबाट मुक्त गराउने काम गरेको छ’ उहाँले भन्नुभयो, ‘विदेशमा रहेका नागरिकताविहीन लाखौँ युवाहरूलाई नागरिकता दिने काम भएको छ, उनीहरूलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गरिएको छ ।’

सरकारको एक वर्षे कार्यकाल पूरा गरेको दिन मंगलबार आफूलाई जनतालाई जानकारी गराइसकेको उहाँले बताउनुभयो । अन्य थुप्रै प्रयास समेत गरिएको उहाँको भनाइ छ । ‘ठुला परियोजना सुरु भएका छन्, हुनेक्रममा छन्’ उहाँले भन्नुभयो, ‘नेपाललाई विश्वमा ध्यानाकर्षण गर्ने काम भएको छ । यहाँको समस्याहरू संयुक्त राष्ट्रसँगमार्फत विभिन्न फोरममा उठाउन सरकार सफल भएको छ ।’

राजनीतिक दलबिचको एकता र सहकार्यले देशमा स्थायित्व ल्याएको उहाँले बताउनुभयो । यसलाई बलियो बनाएर लैजाने उहाँको प्रतिबद्धता छ । ‘यो गठबन्धनलाई कसरी तोड्ने होला ? यो परिवर्तनलाई कसरी उल्ट्याउने भनेर लागिपरेका छन् । जनतालाई नकारात्मक कुरा मात्र देखाएर भड्काउने काम भएको छ’ उहाँले भन्नुभयो, ‘गठबन्धन झनै बलियो भएको छ । हाम्रो एकता देखेर विरोधीहरू अत्तालिएको अवस्था छ । यो गठबन्धन पाँच वर्ष जान्छ ।’

कार्यक्रममा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले सीमित साधन स्रोतका बाबजुद खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका जनअपेक्षाअनुसार काम गरिहरेको बताउनुभयो । ‘हामीले एक घर एक धारा कार्यक्रमलाई जोड दिइरहेका छौँ । धेरै घरमा खानेपानी पुगिसकेको छ’ उहाँले भन्नुभयो, ‘सडक, भवन पूर्वाधार विकास, कृषि, पर्यटन र जनताको जीवनस्तर उकास्नेखालका थुप्रै योजना र कार्यक्रम प्रदेश सरकारले अघि सारेको छ । यसले यो क्षेत्रको विकास र समृद्धिमा टेवा दिन्छ भन्ने हाम्रो विश्वास छ ।’

यसैबिच प्रधानमन्त्री प्रचण्डलाई सो क्षेत्रका माओवादी नेता कार्यकर्ताले ध्यानाकर्षण समेत गराएका छन् । नेकपा (माओवादी केन्द्र) को अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड पार्टीले सञ्चालन गरेको तीन महिने अभियान अन्तर्गत बारपाक सुलिकोट गाउँपालिका–८ को पार्टी कमिटी बैठकमा सहभागी हुन गोरखा पुग्नुभएको थियो । सो ठाउँबाट गत प्रतिनिधिसभा निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको गोरखा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्दछ ।

‘चुनावको बेला आफ्नो निर्वाचन क्षेत्रभित्रका सडकलाई धुलोरहित बनाउँछु भन्नुभएको थियो’ बारपाक सुलिकोट –४ सौरपानीका हरि पनेरुले भन्नुभयो, ‘निर्वाचित हुनुभएको र प्रधानमन्त्री भएको एक वर्ष पूरा भइसक्यो तर बाचाअनुसार काम भएको छैन ।’

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रभित्र पर्ने सौरपानी बारपाक सडकमा बजेट अभाव भएको, घ्याम्पेसाल ताकुकोट सडक कालोपत्रेमा ढिलाइ भएको, ढोडेनीदेखि रञ्चोकसम्मको सडक कालोपत्रे नभएको, खानेपानीको व्यवस्था नभएको उहाँले प्रधानमन्त्रीसँग गुनासो गर्नुभयो ।  गोरखा क्षेत्र २ का सांसद समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले सो अवसरमा निर्वाचनपूर्व गरेका सबै प्रतिबद्धता पूरा गर्ने बाचा गर्नुभयो ।

बुधबार, पुष ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.