• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

माओवादीको अभियान समापन हुँदै

  •   शनिबार, पुष १४, २०८० मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले यही पुस १६ गते चारमहिने अभियान समापन गर्न निर्देशन दिएको छ ।

गत भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रूपान्तरण अभियान देशैभरका छ हजार ७४३ वडामा एकै पटक सुरु भएको थियो । तर सात प्रदेशसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास समन्वय तीन गैरभौगोलिक प्रदेशले केन्द्रको निर्देशनबमोजिम आआफ्नो अनुकूलतामा समापन गर्ने तयारी गरेका छन् ।

माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले ७५३ स्थानीय तहमा केन्द्रित भई पुस १६ गते जनपरिचालन र सभा गरेर समापन गर्न निर्देशन दिएको जानकारी दिनुभयो । “अभियानका बेला कार्यक्रम, भेला, समीक्षा, सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, समिति गठन पुनर्गठन भएका छन् । त्यसबमोजिम अभियानलाई कार्य योजनामा ढालिने छ,” उहाँले भन्नुभयो, “चारमहिने अभियान समापनपछि स्थायी समिति बैठक बसेर समीक्षा हुने छ । लगत्तै फागुनमा विधान महाधिवेशन गरेर पार्टीलाई व्यवस्थित गर्ने छौँ ।”

पार्टी अभियान प्रभावकारी भएको बताउँदै उहाँले नेतृत्वलाई जनस्तरसम्म जोड्ने काम गरेको जिकिर गर्नुभयो । “पार्टी अभियान एकदमै प्रभावकारी भयो । नेतृत्वलाई जनस्तरसम्म जोड्ने काम भयो । चुनाव जितेका क्षेत्रमा नेताकार्यकर्ता  सक्रिय भई लागे,” पार्टी उपमहासचिव पोखरेलले भन्नुभयो, “जुन उचाइका साथ जनताको घर घर जाने भनिएको थियो, त्यो तहको अभियान हुन सकेन । सबै समर्थकको घरमा जाने भनिएको जान सकिएन ।” उहाँले पार्टीको चारमहिने अभियान सफल भएको निष्कर्ष निकालिएको बताउनुभयो । उहाँले यस अभियानमा धेरै नेता, कार्यकर्ता, सहिद परिवार, बेपत्ता परिवार, घाइते, अपाङ्गसँग भेटेर साक्षात्कार गर्दा राम्रो सन्देश गएको बताउनुभयो ।

यसै सन्दर्भमा माओवादी केन्द्रका कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले पार्टी अभियान पुस २० गतेसम्म सक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टी अभियान समापनतिर गएको छ । पुस १६ गतेदेखि २० गतेसम्म सबै पालिकालाई आआफ्नो अनुकूलतामा समापन गर्न अनुरोध गरेका छौँ ।” पार्टी सदस्यता नवीकरण धेरै कम भएको बताउँदै कोशीमा ६० प्रतिशत सदस्यता मात्रै नवीकरण गर्न सफल भएको बताउनुभयो ।

यस्तै माओवादी मधेश प्रदेशका इन्चार्ज लीलामणि पोखरेलले पुस १६ गते अभियान समापन गर्ने तयारी रहेको बताउनुभयो । चारमहिने अभियानबाट उथलपुथलै नभएको बताउँदै उहाँले नेताकार्यकर्तालाई जनताको घरदैलोमा पु-यााएर पार्टी जनतातिर फर्काउन सफल भएको बताउनुभयो । यस अभियानबाट पार्टी सङ्गठन पुनर्गठन गरेर व्यवस्थित बनाएपछि ९० प्रतिशत नेताकार्यकर्ता सक्रिय भई लागेको दाबी गर्नुभयो । माओवादी जिल्ला पार्टी कार्यकारी भूमिका बनाउन नसक्दा राम्रो हुन नसकेको सुझाव आएको बताउँदै उहाँले आगामी विधान सम्मेलन लगत्तै जिल्ला समितिलाई कार्यकारी भूमिका दिने गरी बनाउने बताउनुभयो ।

माओवादी बागमती प्रदेशसहित उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशले संयुक्त रूपमा अभियान चलाएका छन् । माओवादी केन्द्रका बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले पुस १६ गतेसम्म वडा सम्मेलन पूरा भई पार्टी सदस्यता नवीकरणको काम गर्ने तयारी रहेको बताउनुभयो ।  “अहिले वडा सम्मेलन भएकाले अन्तिम चरणमा पु-याएका छौँ । पार्टीको निर्धारित मितिभित्र सम्मेलन सक्ने छौँ,” उहाँले भन्नुभयो, “चार महिनासम्म पार्टी नेताकार्यकर्ता सक्रिय र चलायमान भए । निष्व्रिmय भएका साथीहरू अभियानमा जोडिनुभयो । चुनावै नभए पनि नेताकार्यकर्ता गाउँ पस्दा राम्रो सन्देश गयो ।” पुस १९, २० र २१ गते तीन प्रदेशको संयुक्त भेला भएपछि अभियान सकिने उहाँले बताउनुभयो । “हामीले अभियान सकिएपछि प्रदेशको रिपोर्ट तयार गर्ने छौँ । त्यसमा राजनीतिक, साङ्गठनिक, संरचनागत सबै हिसाबले कसरी अघि जान सकिन्छ भन्ने तय गर्ने छौँ,” उहाँले भन्नुभयो ।

माओवादी गण्डकी प्रदेशकी अध्यक्ष गायत्री गुरुङले चार महिने अभियान  पुस १६ गते पालिका स्तरमा कार्यक्रम राखेर समापन गर्ने जानकारी दिनुभयो । प्रारम्भिक चरणमा गण्डकी प्रदेशमा पार्टी अभियान राम्रो भएको बताउँदै उहाँले सबै रिपोर्ट आएपछि यथार्थ भन्न सकिने बताउनुभयो । यसै सन्दर्भमा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले पुस १६ गते सबै पालिकामा जनप्रदर्शन गरेर अभियान समापन गर्ने जानकारी दिनुभयो ।

“हामीले पालिका र जिल्लामा अभियानको समीक्षा गर्ने छौँ । पुस १८ गते प्रदेशस्तरको समीक्षा गरेर अभियानमा जोडिएका साथीलाई बिदाइ गरिने छ,” उहाँले भन्नुभयो, “अभियानका दौरान सङ्गठन विस्तार, जनपरिचालन, जनश्रमदानले पार्टीप्रति जनतामा सकारात्मक सन्देश गयो । पार्टी सदस्यता नवीकरण सोचे जस्तो रफ्तारमा लग्न सकिएन ।”

माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले पार्टी अभियान पछिल्लो चरण भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित भई काम गरेको बताउनुभयो । “जाजरकोटमा गएको भूकम्पले गर्दा सोचे जस्तो अभियान अघि बढ्न सकेन । जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको क्षेत्रमा केन्द्रित भयौँ,” उहाँले भन्नुभयो, “पार्टीका लक्ष्य पूरा गर्न थोरै समस्या भयो । पार्टी सदस्यता नवीकरण सबै पूरा गर्न बाँकी छ । कार्यकर्ता र जनताको तहमा जुन माहोल ल्याउनुपर्ने थियो सकिएन ।”

दसैँतिहारलगत्तै हिमाली जिल्लामा मौसमका कारण अभियान प्रभावकारी रूपमा लग्न नसेको उहाँले बताउनुभयो । पार्टी अभियान पुस १६ गते समापन गरे पनि बैठक, भेला र समीक्षा जारी राखिने उहाँले बताउनुभयो ।

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिनारायण चौधरीले प्रदेशका नौ जिल्लामा ८० कमान्ड बनाएर काम गरेकाले पुस १६ गते नै अभियान समापन गरिने बताउनुभयो । “यो पटक पार्टीभित्रका अन्तर्विरोध हल भएका छन् । यसले केन्द्रीय नेताहरूलाई धेरै बुझ्ने अवसर भयो । पार्टीभित्रका गुट उपगुटलाई अभियानले निरुत्साहित ग-यो,” उहाँले भन्नुभयो, “पार्टीलाई जनतासँग सहकार्य गर्ने वातावरण बनाएको छ । पार्टी जनतातिर फर्किएको छ । अभियानले राम्रो ग-यो ।” अभियान सकिए पनि समीक्षा बैठक बसेर प्रतिवेदन तयार गरी पार्टीलाई बुझाउने उहाँले बताउनुभयो ।

शनिबार, पुष १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.