• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

ललिता निवास प्रकरण : कोको भए दोषी, कसले पायो सफाइ ?

  •   शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित

बहुचर्चित ललिता निवास जग्गा प्रकरणको निर्णय प्रक्रियामा संलग्न भएका तत्कालीन राजनीतिक नेतृत्वले विशेष अदालतबाट सफाइ पाएका छन् । मन्त्रीपरिषद्को नीतिगत निर्णय भएको भन्दै यही प्रकरणको दोस्रो चरणको अनुसन्धानमा पूर्वप्रधानमन्त्रीहरूलाई सरकारी साक्षी बनाइँदा जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा मुद्दा चलाइएका तत्कालीन तीन मन्त्रीले विशेषबाट सफाइ पाएका हुन् । मन्त्रीहरूले सफाइ पाए पनि प्रशासनिक नेतृत्व सम्हालेका दुई पूर्वसचिव उक्त प्रकरणमा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रीतेन्द्र थापाको इजलासले लगातार एक महिनाको सुनुवाइपछि ललिता निवास प्रकरणमा बिहीबार फैसला गरेको हो । इजलासले उक्त प्रकरणमा अभियोग लागेका पूर्वमन्त्री विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ ।

अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यातलाई उक्त प्रकरणमा दोषी ठहर गरेको छ । यस्तै २०७० को चुनावी सरकारका मन्त्री एवं पूर्वसचिव छविराज पन्तलाई पनि जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको भन्दै दोषी ठहर गरेको छ । अदालतले बस्न्यातलाई ८० लाख ४८ हजार जरिबाना र दुई वर्ष कैद सजाय सुनाएको छ । यस्तै पन्तलाई पनि अदालतले ८० लाख ४८ हजार जरिबाना र दुई वर्ष कैद सजायको फैसला गरेको छ । पन्तलाई तत्कालीन सचिवको हैसियतमा गरेको कार्यसम्पादनका लागि मुद्दा चलाइएको थियो । उक्त प्रकरणमा आरोपित पूर्वसचिव दिनेशहरि अधिकारीले पनि अभियोगबाट सफाइ पाउनुभएको छ ।

अदालतले मुख्य आरोपित शोभाकान्त ढकाल, रामकुमार सुवेदीलाई दोषी ठहर गरेको छ । यस्तै उक्त प्रकरणमा आरोपित व्यवसायी मीनबहादुर गुरुङ पनि दोषी ठहर हुनुभएको छ । अदालतले ढकाल, सुवेदी र गुरुङलाई जनही दुई वर्ष कैद र ८० लाख ४८ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

अदालतले अख्तियारको दाबी अनुसार नै ६५ जनाको नाममा रहेको जग्गा जफत हुने फैसला गरेको छ । ६५ जना प्रतिवादीकै जग्गा जफतको फैसला विशेषले गरेको छ । जग्गा किनेका व्यक्तिले नामसारी गर्दा कायम गरेको थैली अनुसारको रकम असुलका लागि कपाली सरहको दाबी किन्ने पक्षले गर्न पाउने गरी अदालतले फैसला गरेको हो । भ्रष्टाचार निवारण ऐनको व्यवस्था अनुसार देवानी हक कायम हुने गरी अदालतले फैसला गरेको हो ।

नक्कली मोहीसमेत खडा गरी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जसमा १६५ संलग्न भएको देखिएपछि ६० जनालाई प्रत्यक्ष संलग्न भएकोमा मुद्दा चलाइएको थियो । जग्गाधनी र मोही ३२ जना, जग्गा कमिसनमा लिने १८ लाई विपक्षी बनाइएको थियो । जग्गा जफतको हकमा मात्र कम्पनी र व्यक्ति गरेर ६५ जनालाई विपक्षी बनाइएको थियो । मुद्दा दर्ता भएको चार वर्षपछि अदालतले फैसला गरेको हो । अदालतले मृत्यु भइसकेका प्रतिवादीको हकमा लगत कट्टाको फैसला गरेको छ । विशेषको यो फैसलामा चित्त नबुझ्ने पक्षले अब सर्वोच्चमा पुनरावेदन गर्ने कानुनी सुविधा पाउने छन् ।   

कैद, जरिबाना र जग्गा जफत 

  •   प्रमुख मालपोत अधिकृत कलाधर देउजा : दुई वर्ष कैद र ७५ लाख रुपियाँ जरिबाना
  •   भूमि सुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्य : दुई वर्ष कैद र ७५ लाख रुपियाँ जरिबाना
  •   तत्कालीन मालपोत अधिकृत सुरेशमान कपाली : दुई वर्ष कैद र ७५ लाख रुपियाँ जरिबाना
  •   मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा जगतप्रसाद पुडासैनी : दुई वर्ष कैद र ७५ लाख रुपियाँ जरिबाना
  •   मालपोतकै तत्कालीन खरिदार युक्तप्रसाद श्रेष्ठ : दुई वर्ष कैद र ७५ लाख रुपियाँ जरिबाना
  •   मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत टिकाराम घिमिरे : सात लाख जरिबाना र ६ महिना कैद
  •   नापी कार्यालय काठमाडौँका तत्कालीन नापी अधिकृत मोहम्मद साबिर हुसैन : सात लाख जरिबाना र ६ महिना कैद
  •   मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा श्रीहरि पुडासैनी : सात लाख जरिबाना र ६ महिना कैद
  •   मालपोतका पूर्वखरिदार श्यामकुमार खत्री : सात लाख जरिबाना र ६ महिना कैद
  •   मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत हरिकृष्ण तिमल्सिना : ८० लाख ४८ हजार र दुई वर्ष कैद
  •   मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत परशुराम पोखरेल : ८० लाख ४८ हजार र दुई वर्ष कैद
  •   मालपोतका तत्कालीन अधिकृत कृष्णप्रसाद पौडेल : ८० लाख ४८ हजार र दुई वर्ष कैद
  •   मालपोतका तत्कालीन नायब सुब्बा प्रकाश नारायण भट्ट : ८० लाख ४८ हजार र दुई वर्ष कैद
  •   मालपोतका तत्कालीन नायब सुब्बा टङ्कनाथ पौडेल : ८० लाख ४८ हजार र दुई वर्ष कैद
  •   मालपोतका तत्कालीन अधिकृत प्रेमबहादुर खापुङ : जरिबाना ८० लाख ४८ हजार र दुई वर्ष कैद
  •   मालपोतका तत्कालीन नायब सुब्बा अर्जुन खतिवडा : ८० लाख ४८ हजार र दुई वर्ष कैद
  •   भूमि सुधार कार्यालय काठमाडौँका तत्कालीन भूमि सुधार अधिकारी शङ्करप्रसाद सुवेदी : ८० लाख ४८ हजार र दुई वर्ष कैद
  •   भूमि सुधारका तत्कालीन नायब सुब्बा अङ्गुर सिग्देल : ८० लाख ४८ हजार र दुई वर्ष कैद
  •   भूमि सुधारका तत्कालीन नायब सुब्बा केदारप्रसाद श्रेष्ठ : ८० लाख ४८ हजार र दुई वर्ष कैद
  •   भूमि सुधारका तत्कालीन उपसचिव हुपेन्द्रमणि केसी : सात लाख जरिबाना र ६ महिना कैद
  •   भूमि सुधार मन्त्रालयका तत्कालीन सचिव एवं पूर्वमन्त्री छविराज पन्त : ८० लाख ४८ हजार जरिबाना र दुई वर्ष कैद
  •   भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यात : ८० लाख ४८ हजार जरिबाना र दुई वर्ष कैद
  •   गुठी संस्थानका तत्कालीन मुख्य अधिकृत हरिबोल आचार्य : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
  •   गुठी संस्थानकै तत्कालीन वरिष्ठ सहायक रामेश्वर बिडारी : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
  •   गुठी संस्थानकै तत्कालीन प्रशासक सेमन्तराज चापागाईं : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
  •   गुठी संस्थानका तत्कालीन सहप्रशासक हेमराज सुवेदी : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
  •   भूमि सुधार मन्त्रालयका तत्कालीन सहसचिव तेजराज पाण्डे : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
  •   गुठी संस्थानका तत्कालीन सहायक प्रशासक तुलसी पोखरेल : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
  •   गुठी संस्थानका तत्कालीन उपप्रशासक हरिप्रसाद जोशी : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
  •   गुठी संस्थानका तत्कालीन प्रशासक बलिरामप्रसाद तेली : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
  •   गुठी संस्थानका तत्कालीन कामु प्रशासक दिलिपकुमार भट्ट : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
  •   गुठी संस्थानका तत्कालीन सहायक नवराज पौडेल : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
  •   गुठी संस्थानका तत्कालीन सहायक प्रशासक शैलेन्द्र पौडेल : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
  •   गुठी संस्थानका तत्कालीन उपप्रशासक जयप्रसाद रेग्मी : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
  •   मालपोतका तत्कालीन नायब सुब्बा फणीन्द्रप्रसाद दाहाल : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
  •   मालपोतका तत्कालीन नायब सुब्बा मणिकुमार राना : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
  •   मालपोत कार्यालयका तत्कालीन शाखा अधिकृत बद्रीबहादुर कार्की : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
  •   मालपोत कार्यालयका तत्कालीन उपसचिव लक्ष्मीनारायण उप्रेती : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
  •   मालपोतका तत्कालीन अधिकृत निदेशप्रसाद शर्मा : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
  •   रुक्म शमशेर जबरा  : दुई वर्ष कैद र ७५ लाख रुपियाँ जरिबाना
  •   हाटक शमशेर जबरा : दुई वर्ष कैद र ७५ लाख रुपियाँ जरिबाना
  •   हेमन शमशेर जबरा : दुई वर्ष कैद र ७५ लाख रुपियाँ जरिबाना
  •   सुनिती राणा : दुई वर्ष कैद र ७५ लाख रुपियाँ जरिबाना र दोस्रोमा सात लाख जरिबाना र ६ महिना कैद
  •   शैलजा राणा : दुई वर्ष कैद र ७५ लाख रुपियाँ जरिबाना
  •   हर्ष महर्जन : दुई वर्ष कैद र ४४ लाख ८० हजार जरिबाना
  •   डिएलएफ डेम्लपर्स : जग्गा जफत
  •   भाटभटेनी सुपरमार्केट : जग्गा जफत
  •   श्रीकृष्ण महर्जन : दुई वर्ष कैद र एक करोड ९० लाख ४० हजार
  •   चमेली श्रेष्ठ : जग्गा जफत अन्यमा सफाइ
  •   कान्छा महर्जन : दुई वर्ष कैद र ५२ लाख ८० हजार जरिबाना
  •   देवनारायण महर्जन : दुई वर्ष कैद र दुई करोड ९७ लाख ६० हजार जरिबाना
  •   तीर्थमाया महर्जन : दुई वर्ष कैद र ६७ लाख २० हजार जरिबाना
  •   रेना गुरुङ : दुई वर्ष कैद र दुई करोड २७ लाख २० हजार जरिबाना
  •   बाबुराजा महर्जन : दुई वर्ष कैद र तीन करोड ४४ लाख  जरिबाना
  •   मचानानी महर्जन : दुई वर्ष कैद र एक करोड ५५ लाख २० हजार जरिबाना
  •   ग्वाराभाइ महर्जन :  दुई वर्ष कैद र एक करोड ८८ लाख ८० हजार जरिबाना
  •   रजनी पनेरू : जग्गा जफत अन्यमा सफाइ
  •   बाबा कार्की : जग्गा जफत अन्यमा सफाइ
  •   अगम ढुङ्गाना : जग्गा जफत अन्यमा सफाइ
  •   खेमलाल खरेल तीन : जग्गा जफत अन्यमा सफाइ
  •   लक्ष्मी ढकाल : जग्गा जफत अन्यमा सफाइ
  •   तीर्थमाया महर्जन : दुई वर्ष कैद र तीन करोड ९० लाख ४० हजार जरिबाना
  •   देवनारायण महर्जन : दुई वर्ष कैद र तीन करोड ६ लाख ७२ हजार जरिबाना
  •   इन्द्रबहादुर थापा क्षेत्री : दुई वर्ष कैद र ६ लाख २३ हजार ५०० जरिबाना
  •   शान्ति मल्ल प्रधानाङ्ग : दुई वर्ष कैद र ६ लाख २३ हजार ५०० जरिबाना
  •   मिठुदेवी चापागाईं : दुई वर्ष कैद र ६ लाख २३ हजार ५०० जरिबाना
  •   सरस्वतीकुमारी श्रेष्ठ : दुई वर्ष कैद र ६ लाख २३ हजार ५०० जरिबाना
  •   निर्मलादेवी श्रेष्ठ : दुई वर्ष कैद र दुई लाख ७१ हजार ९०० जरिबाना
  •   मोहनप्रसाद भट्टराई : दुई वर्ष कैद र चार लाख ६४ हजार २००
  •   वैकुण्ठ शर्मा रेग्मी : दुई वर्ष कैद र  एक लाख ५० हजार
  •   खिमादेवी आङबुहाङ : दुई वर्ष कैद र  दुई लाख ८६ हजार
  •   शशीकला सुब्बा : दुई वर्ष कैद र एक लाख ७८ हजार २००
  •   विद्या पौडेल गौतम : दुई वर्ष कैद र  एक लाख ३१ हजार ३००
  •   सोदाकुमारी चापागाईं : दुई वर्ष कैद र ९३ हजार ७५०
  •   भुवनकुमारी चौलागाईं : दुई वर्ष कैद र सात लाख ५९ हजार ४००
  •   उर्मिला शाह : दुई वर्ष कैद र  दुई लाख ८६ हजार
  •   रामनाथ घिमिरे : एक लाख ७८ हजार २००
  •   रामकल्याण अधिकारी : दुई वर्ष कैद र  सात लाख ५९ हजार ४००
  •   शोभाकान्त ढकाल : दुई वर्ष कैद र ८० लाख ४८ हजार रुपियाँ जरिबाना
  •   रामकुमार सुवेदी : दुई वर्ष कैद र ८० लाख ४८ हजार रुपियाँ जरिबाना
  •   मीनबहादुर गुरुङ : दुई वर्ष कैद र ८० लाख ४८ हजार रुपियाँ जरिबाना

जग्गा जफत ठहर भएका 

  •   कल्पना तुलाधार
  •   शर्मिला शाका वज्राचार्य
  •   प्रगति कंसाकार
  •   गैरआवासीय नेपाली सङ्घ
  •   कामना गुरुङ
  •   कल्याण गुरुङ
  •   सज्जनकुमार चाचान
  •   देवान्सी गोयल
  •   सरस्वती घले गुरुङ
  •   सरला घले
  •   मनोजकुमार केडिया
  •   मनोजकुमार गौतम
  •   मन्ती गोर्खाली
  •   निर्मलादेवी गोयल
  •   निकिता तुलाधार
  •   अभिताम्भ तुलाधार
  •   उमा प्रसाईं
  •   युरिशोभा तुलाधार
  •   रेणुका वज्राचार्य
  •   सुविस्ता तुलाधार
  •   अञ्जना तुलाधार ताम्राकार
  •   चन्द्रिका कंसाकार तुलाधार
  •   सानुछोरी वज्राचार्य
  •   सिपिका खेतान
  •   सुष्मा वज्राचार्य
  •   सन्ध्या शाका
  •   सङ्गीता राखेचा/काठोरी बोथरा
  •   नुतन श्रेष्ठ
  •   धर्मशोभा शाक्य
  •   डिम्पल वंशल
  •   सरिता मानन्धर श्रेष्ठ
  •   गीता गौतम खनाल
  •   नितु गुरुङ
  •   रीता ओझा गौतम
  •   रत्नहिरा वज्राचार्य
  •   प्रतिभा वैद्य
  •   प्रतिमा वैद्य प्रधान
  •   प्रवीण ताम्राकार
  •   विजय ताम्राकार
  •   माया शेर्पा गौचन
  •   महेशराजा तुलाधार
  •   द्वारिकादेवी श्रेष्ठ
  •   इन्द्रदेव गुरुङ
  •   इन्दु शर्मा
  •   सन्दीप ढकाल
  •   भवानी जोशी
  •   भारती पाण्डे
  •   विवेककुमार सुवेदी
  •   केशव तुलाधार
  •   अनितादेवी कंसाकार
  •   ओम वीरमान ताम्राकार
  •   अनिलमान ताम्राकार
  •   गोविन्दलाल सङ्घाई
  •   गायत्री श्रेष्ठ कंसाकार
  •   पञ्चनारायण महर्जन
  •   राधा सिग्देल आचार्य
  •   मचाबाबु प्रजापति
  •   रुपेशकुमार सेवेदी
  •   सरोज ढकाल
  •   पहलमान गुरुङ
  •   पुरुषोत्तम पौडेल
  •   प्रमोद शेरचन
  •   कनक हर्बल
  •   अच्युतराज श्रेष्ठ
  •   विजेन्द्र जोशी
  •   द्रीलक्ष्मी श्रेष्ठ

सफाइ पाएका

  • भौतिक योजनाकै पूर्वमन्त्री विजयकुमार गच्छदार
  • पूर्वमन्त्री डम्बर श्रेष्ठ
  • पूर्वमन्त्री चन्द्रदेव जोशी
  • भूमि सुधारका तत्कालीन सचिव दिनेशहरि अधिकारी
  • भवन निर्माणकै इन्जिनियर सुरेशराज राजकर्णिकार
  • भूमि सुधार तथा व्यवस्थापन विभागका तत्कालीन अधिकृत प्रसाद गौतम
  • भूमि सुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुद्रकुमार श्रेष्ठ
  • विभागकै पूर्वनिर्देशक पुष्पराज उपाध्याय
  • विभागका शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना
  • मापलोत कार्यालयका तत्कालीन खरिदार जीवनाथ पोखरेल
  • समरजङ्ग कम्पनीका तत्कालीन नायब सुब्बा अर्जुन भण्डारी
  • नापी कार्यालय डिल्लीबजारका तत्कालीन नापी अधिकृत कमल घिमिरे
  • नापीका तत्कालीन सर्वेक्षक देवबहादुर लामिछाने
  • नापीका तत्कालीन अमिन भरतचन्द्र अर्याल
  • नापीका तत्कालीन अधिकृत जनकबहादुर भण्डारी
  • सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक अशोकनाथ उप्रेती
  • भवन निर्माण सम्भार डिभिजनका तत्कालीन इन्जिनियर राजेन्द्रमान श्रेष्ठ
  • भवन निर्माणकै तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठ
  • हेमाद्री शमशेर जबरा
  • माधवी सुवेदी : जग्गा जफत अन्य कसुरमा सफाइ
  • उमाकुमारी ढकाल्नी : जग्गा जफत अन्यमा सफाइ

शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.