नेपालले एसियाली र्याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ ।
भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगिताको उक्त स्पर्धामा नेपालले एक सय २० अङ्क जोड्दै स्वर्ण जितेको नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै प्रतियोगिताको स्लालम स्पर्धामा नेपालले ८० अङ्कसाथ नेपालले रजत जित्यो । डाउन रिभर स्पर्धामा ६० अङ्क बनाएको नेपाल चौथो भयो । समग्र टिममा भने नेपाल दोस्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा नेपालबाट सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुनमगरले प्रतिस्पर्धा गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया


