काठमाडौं ,फागुन २९
नेपाल त्रिकोणात्मक हङकङ टी ट्वान्टी सिरिजको फाइनलमा प्रवेश गरेको छ । मंगलबार पीएनजीलाई ८५ रनले हराउँदै नेपाल सिरिजको फाइनल प्रवेश गरेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले १६.१ ओभरमा अलआउट हुनुअघि एक सय १३ रनमात्र बनाउन सक्यो ।
नेपालका कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । प्रतिश जि.सीले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । गुलशन झा र आकाश चन्दले एक/एक विकेट लिए ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको हो । ओपनर कुशल भुर्तेलको ५९ रनको इनिङ्समा सन्दीप जोराले २६ बलमा ५६ रनको बिस्फोटक इनिङ्स खेले ।
लोकेश बलले ६ बलमा १४ रन बनाए भने विवेक यादवले ४ बलमा १९ रनको शानदार इनिङ्स खेले । बिनोद भण्डारीले २७ रन बनाएको खेलमा कप्तान रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए । गुलसन झा १५ बलमा नटआउट रहे । पीएनजीका नार्मन बनुआ, नोसेना पोकाना र जान कारिकोले समान एक एक विकेट लिए ।


