इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को १७ औं सिजनको २२ औं खेलमा आज चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ ।

खेल एमए चिदम्बरम (चेपौक) स्टेडियम, चेन्नईमा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । सिजनमा चेन्नईको यो पाँचौं खेल हुनेछ । टोलीले ४ मध्ये २ खेल जितेको छ । अर्कोतर्फ, कोलकाताको यो चौथो खेल हुनेछ। टोलीले यो सिजन अहिलेसम्म एक खेल पनि हारेको छैन ।

चेन्नईका मुस्ताफिजुर रहमानले आजको खेल खेल्ने कि नखेल्ने भन्ने टुंगो लागेको छैन । उनले हैदरावादविरुद्धको पछिल्लो खेल खेलेका थिएनन् । मुस्ताफिजुर अमेरिकामा हुन लागेको टी–२० विश्वकपका लागि भिसा लिन बंगलादेश गएका छन् ।
फाइनल रद्द भए के हुन्छ ?
आईसीसी टुर्नामेन्टमा खेल रद्द हुँदा ट्रफी बाँडिन्छ । तर, आईपीएलमा अहिलेसम्म यस्तो कुनै जानकारी नआएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्लेअफमा खेल रद्द हुँदा अंक तालिका अनुसार अगाडि रहेकालाई विजेता मानिन्थ्यो । तर, फाइनलमा यसबारे केही भनिएको छैन ।
तर, आईपीएल फाइनल रद्द हुँदा पनि ट्रफी बाँडिने सम्भावना रहेको छ ।


