• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालको फराकिलो हार

  •   बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित

काठमाडौं ,बैशाख १९
ओपनर लोकेश बम र तल्लोक्रमका करण केसीबाहेक अन्य ब्याटर चल्न नसक्दा वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ।

बुधबार सम्पन्न खेलमा घरेलु टोली नेपाल ७६ रनले पराजित भएको हो। वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन मात्रै बनाउ सक्यो।

योसँगै पाहुना टोली वेस्ट इन्डिजले ५ खेलको टी–२० शृंखलामा २–१ को अग्रता बनाएको छ। शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो। तर, आइतबार सम्पन्न दोस्रो खेलमा पुनरागमन गर्दै वेस्ट इन्डिजले नेपाल १० रनको हार चखायो।

तेस्रो खेलमा आफ्नो शानदार लय कायम राख्नेक्रममा बलरहरू खेलमा हाबी भए। वेस्ट इन्डिजका हेडेन वाल्शले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले सर्वाधिक ३ विकेट लिए।

यस्तै, २ ओभरमा २८ रन खर्चिएका गुडाकेश मोटीले २ विकेट लिँदा म्याथ्यू फोर्डे, ओबेद म्याक कोए र फेबियन एलेनको नाममा १/१ विकेट रह्यो।

नेपालका लोकेश र करणले २८/२८ रन बनाए। कुशल मल्ल २०, विनोद भण्डारी १९ र अनिलकुमार साह १४ रनमा पेभिलियन फर्किँदा नेपालका ५ ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

आरिफ शेख (३), गुल्शनकुमार झा (६), कप्तान दीपेन्द्रसिंह ऐरी (७), विवेककुमार यादव (३) र कमलसिंह ऐरी (६) रनमा पेभिलियन फर्किए। सागर ढकाल भने ३ रनमा अविजित रहे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएको थियो।

चौथो ओभरको पहिलो बलमा ओपनर एलिक एथानाज १७ रनमा रन आउट भएका थिए। रोहितकुमार पौडेललाई आराम दिँदै कप्तानी सम्हालेका दीपेन्द्र र विकेटकिपर अनिल मिलेर उनलाई पेभिलियनको बाटो देखाएका थिए।

तर, तेस्रो नम्बरमा कृजमा उत्रिएका आन्द्रे फ्लेचरसँग ओपनर जोनसन चार्ल्सले सम्हालिएको इनिङ्स खेले। ५५ बलमा शतक पूरा गरेका उनले वेस्ट इन्डिजको स्कोर बोर्डमा अविजित रहँदै ११९ रन थपे।

६१ बल खेलेका जोनसनले १३ चौका र ७ छक्का प्रहार गरे। तेस्रो नम्बरमा उत्रिएका फ्लेचरले भने आफ्नो इनिङ्सलाई अन्तिसम्म लैजान सकेनन्। ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाएका उनी १६औँ ओभरको पाँचौँ बलमा दीपेन्द्रबाट क्याच आउट भए। त्योसँगै जोनसनसँगको १४५ रनको विशाल साझेदारी टुटेको थियो।

फ्लेचरपछि कृजमा आएका फेबियन एलेन १९ रनमा दीपेन्द्रबाट क्याच आउट हुँदा किमो पल १३ रनमा अविजित रहे। नेपालका करण र सागरले १/१ विकेट लिए।

बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.