• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

‘काजी’मार्फत फरक स्वादको प्रेमकथा ल्याउँदै विपिन कार्की

  •   मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित

काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’ यतिबेला चर्चामा छ । ट्रेलर र गीत सार्वजनिक भएपछि दर्शकमाझ चलचित्रप्रतिको उत्साह झन् बढ्दो छ । यसैबीच चलचित्रका मुख्य अभिनेता विपिन कार्कीले ‘काजी’को कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे खुलेर कुरा गरेका छन् ।

विपिनका अनुसार ‘काजी’ आफूले यसअघि काम गरेका चलचित्रभन्दा फरक स्वादको प्रेमकथामा आधारित छ । सुरुमा चलचित्रको कथा अर्कै भए पनि पछि निर्माण टिमले नयाँ कथा लिएर पुनः प्रस्ताव गरेको उनले बताए ।

‘पहिले अर्कै कथामा काम गर्ने कुरा भएको थियो । पछि टिम फेरियो र नयाँ कथासहित मसँग पुनः कुरा भयो । अहिले बनेको कथा एकदमै फरक र मन छुने खालको छ,’ विपिनले भने ।

उनका अनुसार चलचित्रले प्रेमलाई केवल ठूला संवाद वा भावनात्मक अभिव्यक्तिमा सीमित नगरी दैनिक जीवनका साना व्यवहार र सम्बन्धभित्र खोजेको छ । श्रीमान–श्रीमतीबीचको समझदारी, त्याग र एकअर्काको खुसीमा आफ्नो खुसी खोज्ने भावनालाई चलचित्रले सुन्दर ढंगले प्रस्तुत गरेको उनको भनाइ छ ।

‘प्रेम भनेको ठूला कुरा मात्रै होइन । व्यवहारका साना–साना कुरामा पनि प्रेम लुकेको हुन्छ । ‘काजी’ले त्यही भावलाई निकै सूक्ष्म तरिकाले देखाएको छ,’ उनले भने, ‘फिल्म हेरेपछि दर्शकले “काजी–कजिनीको प्रेम पो प्रेम” भन्नुहुनेछ भन्ने विश्वास छ ।’

विपिनले आफू पनि वैवाहिक जीवन बाँचिरहेको व्यक्ति भएकाले पात्रसँग सजिलै जोडिन सकेको बताए । उनले ‘काजी’को चरित्रलाई आफ्नै जीवनसँग नजिक महसुस गरेको सुनाए ।

‘म आफैँ पनि श्रीमान् हुँ, त्यसैले पात्रका धेरै भावना मैले जीवनमै अनुभव गरिरहेको छु । अरू केही फिल्ममा जस्तो धेरै तयारी गर्नुपरेन,’ उनले भने ।

चलचित्रको परिवेश २०५० सालअघिको रहेको र आफूले निभाएको पात्र ‘काजी खानदान’को विरासत बोकेको युवक भएको उनले जानकारी दिए । प्रेममा डुबेको र बाहिरी संसारसँग खासै मतलब नराख्ने यो पात्र आफूले यसअघि नगरेको खालको भएकाले चुनौतीपूर्ण अनुभव भएको उनले बताए ।

अभिनयबारे बोल्दै विपिनले आफूले हरेक पात्रलाई फरक बनाउने प्रयास गर्ने गरेको बताए । दर्शकको अपेक्षाले जिम्मेवारी बढाएको उल्लेख गर्दै उनले अझ राम्रो काम गर्ने प्रयास जारी रहने बताए ।

चलचित्रको ट्रेलर र गीतप्रति दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको भन्दै उनले ‘काजी’ अहिलेका नेपाली चलचित्रभन्दा फरक स्वादको फिल्म भएको दाबी गरे । विशेषगरी ‘वारि बर पारि पिपलु’ गीत टिकटकमा भाइरल भइरहेकाले पनि चलचित्रको माहोल राम्रो बनेको उनको भनाइ छ ।

सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मले चलचित्र प्रचारमा ठूलो सहयोग पुगेको उल्लेख गर्दै उनले राम्रो कथा, बलियो प्रस्तुति र टिमवर्क नै दर्शकलाई हलसम्म तान्ने मुख्य आधार भएको बताए ।

चलचित्रमा विपिनसँगै अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको छ । विपिनका अनुसार निर्देशक, निर्माता र सम्पूर्ण कलाकार टोलीले इमान्दारीपूर्वक मेहनत गरेका छन् ।

दर्शकलाई चलचित्र हेर्न आग्रह गर्दै उनले ‘काजी’ले कसैलाई निराश नबनाउने विश्वास व्यक्त गरे ।

‘यो घर–घरको कथा हो । दर्शकले आफूलाई पात्रहरूसँग जोड्न सक्नुहुन्छ । अहिले आइरहेका फिल्ममध्ये फरक दृष्टिकोणको चलचित्र बनेको छ,’ उनले भने ।

लक्ष्मण रिजालको निर्देशनमा तयार भएको चलचित्रमा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम लगायत कलाकारहरूको अभिनय रहेको छ ।

प्रदीप भारद्वाजको कथा रहेको चलचित्रलाई रामप्रसाद रिजालले प्रस्तुत गरेका हुन् । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा नेहान रिजाल र विकासराज जोशी निर्माता रहेका छन् ।

चलचित्रमा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रंग संयोजन, सागर अर्यालको साउण्ड डिजाइन, सुजिल कर्माचार्यको पार्श्व संगीत र विपिन मल्लको सम्पादन रहेको छ ।

‘काजी’लाई श्रीराम बालाजी फिल्मस्ले वितरण गर्ने जिम्मेवारी लिएको छ ।

मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.