• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

कुलब्वाय र दिव्याको प्रेमकथा ‘बेहुली’को इन्डक्ल्याप

  •   शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित

काठमाडौं, जेठ ०८
पारस बम ठकुरी (कुलब्वाय), दिव्या रायमाझी र शुशान्त कार्की अभिनीत बहुप्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’ को छायांकन सम्पन्न भएको छ। निर्माण टिमका अनुसार ४५ दिनमा मुख्य छायांकन सकिएको हो भने दुई वटा गीतको दृश्यांकन अझै बाँकी रहेको छ।

‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’ को प्रस्तुतिमा निर्माण भएको चलचित्र आगामी भदौ १२ गते, जनैपूर्णिमाको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ। हरितालिका तीज नजिकै रिलिज हुने भएकाले चलचित्रको कथा र पर्वको भावनात्मक सन्दर्भबीच विशेष सामञ्जस्य रहने विश्वास निर्माण पक्षको छ।

चलचित्रमा कुलब्वाय र दिव्या रायमाझीको जोडीलाई लिएर दर्शकमाझ विशेष उत्सुकता देखिएको छ। ‘होस्टेल ३’ बाट चलचित्र यात्रा सुरु गरेका कुलब्वाय यसपटक परिपक्व प्रेमकथामा दिव्यासँग रोमान्टिक भूमिकामा देखिनेछन्। उनीहरूको पर्दाको केमेस्ट्री कस्तो रहनेछ भन्ने चासो अहिले नै बढ्न थालेको छ।

चर्चित संगीतकार अर्जुन पोखरेल पहिलोपटक निर्माता बनेको यस चलचित्रको निर्देशन सशान कँडेल ले गरेका छन् भने कथा माधव शर्मा को रहेको छ। ‘होस्टेल ३’ मा सफल सहकार्य गरेको निर्देशक–लेखक जोडीले ‘बेहुली’ मा पनि निरन्तरता पाएका छन्।

फिल्ममा पदम तामाङ, सन्तोष बनियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अबिरल श्रेष्ठ, सबिन कट्टेल र समायरा थापा मगरलगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रका कार्यकारी निर्माता सुमन थिङ तामाङ हुन् भने दुर्गा खरेल र रमेश सिलवाल सह–निर्माताका रूपमा रहेका छन्। शंकर कोइराला क्रिएटिभ प्रोड्युसर रहेको चलचित्रमा नरेन्द्र मैनाली को छायांकन, विकास दाहाल को सम्पादन र रोशन श्रेष्ठ को द्वन्द्व निर्देशन रहेको छ।

मुख्य सहायक निर्देशक सुदीप कुँवर, सहायक निर्देशक योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना रहेका छन् भने प्रोडक्सन हेडको जिम्मेवारी यमप्रसाद ओली ले सम्हालेका छन्। राजु वाइबा को मेकअप, किशोर नेपाल को प्रोडक्सन डिजाइन, एलेक्स बसुकला को पोशाक डिजाइन तथा रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) को पब्लिसिटी डिजाइन रहेको छ।

चलचित्रलाई काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र मोफसलमा श्री व्यंकटेश इन्टरटेन्मेन्ट ले वितरण गर्नेछन् भने यसको डिजिटल अधिकार ओएसआर डिजिटल ले प्राप्त गरेको छ। छायांकन सकिएसँगै निर्माण टिम अब पोस्ट–प्रोडक्सनको काममा जुटेको छ।

शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.