तपाईको प्रतिक्रिया
काठमाडौं । नेपाली चलचित्र ‘मालती मंगले’को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । नेपालमा सफल प्रदर्शनपछि अहिले अमेरिका, क्यानडालगायत देशमा प्रदर्शन भइरहेको यो चलचित्र अब अस्ट्रेलियामा पनि प्रदर्शन हुने भएको हो ।
निर्माण टिमका अनुसार चलचित्रको अस्ट्रेलिया राइट्स माउन्ट पुमोरी इभेन्ट्सले खरिद गरेको हो । नेपालमा राम्रो प्रतिक्रिया पाएको ‘मालती मंगले’प्रति विदेशमा रहेका नेपाली दर्शकमाझ पनि उत्साह बढ्दो देखिएको छ ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि निर्देशक पाण्डेयकै रहेको छ भने पटकथा तथा संवादमा संयोग गुरागाईँले सहकार्य गरेका छन् ।
चलचित्रमा विजय, वर्षा र मेक्समसहित प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायत कलाकारको अभिनय रहेको छ ।
सागर ज्ञवाली कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह–निर्माताको रूपमा रहेका छन् ।
प्राविधिक पक्षमा पनि चलचित्र बलियो देखिएको छ । चलचित्रमा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रंग संयोजन तथा सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर रहेको छ । ध्वनि मिश्रण डिकेश खड्गीले गरेका हुन् ।
अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्रीसँगै ‘मालती मंगले’को अन्तर्राष्ट्रिय यात्रा थप विस्तार भएको निर्माण पक्षले जनाएको छ ।
