• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

चेपाङ बस्तीको यथार्थ कथा बोकेको ‘सन्चलालः सीड्स अफ होप’को पोस्टर सार्वजनिक

  •   बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित

काठमाडौं – देव डी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको तथा दिपेन्द्र केसीद्वारा निर्देशित एवं निर्मित वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। निर्देशकले सार्वजनिक गरेको पोस्टरले वृत्तचित्रको गम्भीर विषयवस्तु र यसले प्राप्त गरेका अन्तर्राष्ट्रिय सफलताहरूलाई एकैसाथ उजागर गरेको छ।

श्यामश्वेत थिममा रोयल भीमसनेले तयार पारेको यस पोस्टरमा विकट ग्रामीण परिवेशमा रहेका सन्चलाल र एक बालकको दृश्य समावेश गरिएको छ। यस वृत्तचित्रले मकवानपुरको मनोहरीको जङ्गलको बीचमा रहेको एक विकट चेपाङ गाउँमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्ति ‘सन्चलाल’को कथालाई पर्दामा उतारेको छ। गरिबी, एक्लोपन र अनेकौँ अभावका बाबजुद पनि जीवनप्रतिको आशालाई जीवितै राख्न उनले गरेको सङ्घर्ष र उनको मौन साहसलाई यसले सुक्ष्म रूपमा प्रस्तुत गरेको छ। निर्देशक दिपेन्द्र केसीले सन्चलालको मार्मिक अवस्था र सीमान्तकृत समुदायको यथार्थलाई अत्यन्तै संवेदनशीलताका साथ यस वृत्तचित्रमा देखाउने प्रयास गरेका छन्।

यस वृत्तचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरिसकेको छ। अष्ट्रेलियामा आयोजना भएको ‘टाइटान इन्टरनेसनल फिल्म फेस्टिभल’मा सन् २०२५ को चौथो सिजन तथा वर्षकै उत्कृष्ट वृत्तचित्रको विजेता बनी २ अवार्ड प्राप्त गरेको तथा ‘बलिउड एन्ड हलिउड फिल्म फेस्टिभल अष्ट्रेलिया २०२६’का लागि आधिकारिक रूपमा छनोट भएको छ।

वृत्तचित्रको लेखन निर्देशक दिपेन्द्र केसी र ईश्वर लुइँटेलले संयुक्त रूपमा गरेका हुन् भने छायांकन अर्जुन सापकोटा र हिमाल शर्माले गरेका छन्। मदन घिमिरेको सम्पादन रहेको यस वृत्तचित्रले नेपाली समाजको एउटा लुकेको र यथार्थपरक कथालाई अन्तर्राष्ट्रिय मञ्चमा सफलतापूर्वक पुर्‍याएको छ।

बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.