काठमाडौं । काठमाडौं उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) बिहान ५ः४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस रहेको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहानको प्रारम्भिक मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस देखिएको हो ।
अर्की मौसमविद् बिनु महर्जनका अनुसार बुधबार बिहान ५ः४५ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.२ डिग्री सेल्सियस थियो । यस आधारमा आज बिहानको प्रारम्भिक मापनमा तापक्रम ०.७ डिग्री सेल्सियसले घटेको देखिन्छ ।
यद्यपि, बुधबार बिहान ८ः४५ बजे गरिएको अन्तिम मापनमा उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस कायम भएको थियो ।
आजको वास्तविक न्यूनतम तापक्रम पनि बिहान ८ः४५ बजे पुनः मापन गरिनेछ । त्यसबेला प्रारम्भिक मापनभन्दा तापक्रम केही घट्न सक्ने सम्भावना रहे पनि कहिलेकाहीँ तापक्रम यथावत् रहन सक्ने मौसमविद्हरू बताउँछन् ।


