• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

ईपीएस कोरियन भाषा परीक्षा विवाद : कसरी भयो २ जनाको मृत्यु हुनेगरी घटना ?

  •   शुक्रबार, पुष १३, २०८० मा प्रकाशित

ईपीएसमार्फत कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राख्दै आएका दुई जना युवा ज्यान गुमाउन पुगे । ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा विरोध प्रदर्शन गर्न पुगेका दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र शाहको मृत्यु भयो । यतिमात्र नभएर आन्दोलनकारीहरूलाई तितरवितर पार्न लाठ्ठी समेत प्रहार गर्‍यो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा२झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए । त्यसपछि उग्र बनेको प्रहरीले आन्दोलनकारीमाथि तीव्र बल प्रयोग गरेको थियो । यद्यपि मृतक दुवै जनामाथि प्रहरीको गोली लागेको यकिन हुन सकेको छैन । मन्त्रीको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले ५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । आज शुक्रबार दिनभर बालकुमारी–ग्वार्को सडक खण्ड अशान्त बन्यो । प्रहरीले बल प्रयोग गर्न थालेपछि आन्दोलनकारी समेत उग्र बने र उनीहरू थप सवारी साधनमा समेत आगजनी तथा तोडफोड गर्न पुगे ।

यस्तो छ घटनाक्रमः 

ईपीस कोरिया शाखाले मंसिर १९ गते एउटा सूचना जारी गर्‍यो । ईपीएसमार्फत कोरियामा उत्पादनमूलक क्षेत्रमा काम गर्न जानका लागि आवेदन आह्वान गरिएको थियो । उक्त क्षेत्रमा १५ हजार ८४८ जना रहने अनुमान थियो । आवेदन दिँदा विभिन्न मापदण्ड तोकिएका थिए । ती मापदण्डमध्ये बुँदा नम्बर ५ (च) मा थियो,‘सन् २०२३ भित्र ईपीएस–टोपिक परीक्षाका लागि आवेदन नदिएको ।’

उक्त बुँदाका कारण एक समूह निराश बन्न पुग्यो । कोरियाले सन् २०२३ मै जहाज निर्माण क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । जसमा ३५ हजार ४७८ जनाले आवेदन भरेका थिए । तीमध्ये परीक्षामा भने ३२ हजार ५०७ जना सहभागी भए । यसैगरी ४ हजार ९८ जना उत्तीर्ण भए । बाँकी अनुत्तीर्ण भएका र आवेदन भरेर परीक्षामा सामेल नभएका गरी ३१ हजार ३८० जना उत्पादनमूलक क्षेत्रका लागि आह्वान गरिएको सूचनामा आवेदन भर्न नपाउने भए । त्यही बुँदा नम्बर ५(च) कारणले ।

अदालतको त्यो अन्तरिम आदेश: 

आवेदन फाराम भर्न नपाउने भएपछि उनीहरूले ईपीएस कोरिया शाखामा ज्ञापनपत्र बुझाए । ज्ञापनपत्रले काम नगरेपछि सुरज पाठकसहितका १८ जनाले उच्च अदालत पाटनमा मुद्दा दायर गरे । अदालतले पनि निवेदकहरूको हकमा मात्रै आदेश जारी गरिदियो । अदालतले भन्यो,‘निवेदकहरूको हकमा आवेदन फाराम भर्न रोक नलगाउनु र निवेदकहरूलाई फाराम भर्न दिनु ।’

अदालतको अन्तरिम आदेश अनुसार ईपीएस शाखा कार्यालयले सूचना जारी गरेर फाराम भर्न आउन भन्यो । सोही आधारमा उनीहरू १८ जनाले नै आज आवश्यक कागजातसहित ईपीएस शाखा कार्यालयमा निवेदन दिए ।

१८ जनाले मात्रै फाराम भर्न पाएपछि सीप बिल्डिङमा आवेदन दिएर उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाएकाहरू ईपीएस कार्यालय घेराउ गर्न पुगे । बिहान सुरुमा ईपीएस कार्यालय परिसरमै नारा जुलुस गर्दै आएका थिए । त्यो बेला २ हजारभन्दा बढीको हाराहारीमा युवाहरू भेला भइसकेका थिए ।

ठूलो भीड जम्मा भएपछि उनीहरू बालकुमारी–ग्वार्को सडक खण्डतर्फ लागे । जहाँ प्रहरीले उनीहरूमाथि बल प्रयोग गरिदियो । प्रहरीको लाठ्ठी चार्जपछि उनीहरू पनि उग्र बन्न पुगे ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको गाडीमा आगजनी गरे ।

मन्त्रीकै गाडीमा आगजनी गरेपछि प्रहरी झन् उग्र बन्यो । आन्दोलनकारीलाई तितरबितर पार्न हवाईफारय, अश्रुग्यास तथा लाठ्ठी चार्ज गर्न थाल्यो । त्यही क्रममा दुई जना ज्यान गुमाउन पुगे ।

ईपीएस कार्यालयका निर्देशक गुरुदत्त सुवेदीले सुरक्षा निकायलाई शान्तिपूर्ण धर्नामा कुनै अप्रिय घटना नहोस् भन्नेतर्फ सचेत गराएका थिए । त्यही आधारमा सरकारलाई समेत रिर्पोटिङ गरेका थिए । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गएका थिए । उनी मन्त्रालयको गएको बेला आफ्नो कार्यालय परिसरमा आन्दोलनरत आन्दोलनकारीहरूमाथि प्रहरीले बल प्रयोग गरिरहेको कुरा थाहा पाए । त्यसपछि पनि उनले पुनः संयमता अपनाउन प्रहरी र आन्दोलनकारीलाई आग्रह गरे । तर, दुखद घटना घट्न पुग्यो ।

‘प्रहरीले बल प्रयोग नगरिदिनुहोला । हामी छलफल गरेर कुनै न कुनै निकास निकाल्छौँ भनेको थिए । त्यही बेला बल प्रयोग गरिएछ । अप्रिय घटना हुन पुग्यो,’ निर्देशक सुवेदीले रातोपाटीसँग भने ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख सह–सचिव राजीव पोखरेलले नेपालले भाषा परीक्षाका लागि सहजीकरण मात्रै गर्दै आएको बताए ।

कोरियाले नेपालसहित १६ देशबाट ईपीएसमार्फत नै कामदार लैजाने गरेको छ । सबै देशमा एउटै नियम लागू हुन्छ । कोरियाले एकै वर्ष दुई पटक आवेदन र जाँच दिन नपाउने भन्ने व्यवस्था गरेको छ । सोही आधारमा सूचना जारी गरिँदा उनीहरू सहभागी हुन नपाएको उनको भनाइ छ ।

अदालतले निवेदक १८ जनाको हकमा अन्तरिम आदेश जारी गरेको थियो । सोही आधारमा निर्णय कार्यान्वयन गरिएको र मन्त्रालयले अर्को निर्णय गर्न नसक्ने उनको भनाइ छ ।

अदालतको अर्को आदेश: 

सडकमा दुई जनाले ज्यान गुमाइरहेका बेला उच्च अदालत पाटनबाट अर्को आदेश आएको छ । ती १८ जना बाहेकका अन्य इच्छुकलाई समेत उक्त प्रक्रियामा सामेल गराउन भनि अन्तरिम आदेश जारी गरेको छ ।

अब उक्त आदेश अनुसार सीप बिल्डिङ क्षेत्रका ३१ हजारभन्दा बढीलाई नै सहभागी गराउने विषय छ । यसमा आदेश प्राप्त भएपछि छलफल गरेर अघि बढ्ने निर्देशक सुवेदीले बताए ।

नेपालको अदालतले गरेको आदेश कोरियाले मान्छ कि मान्दैन भन्ने कुरामा मन्त्रालयका सह–सचिव पोखरेल भन्छन्, ‘हामीले यस्तो अदालतबाट आदेश आएको छ । के गर्ने भनेर भनेका थियौँ । त्यसपछि अदालतबाट आएको आदेश मान्छौँ भनेका थिए । सोही आधारमा १८ जनालाई सहभागी गराउन पायौँ । अहिले आएको आदेशको हकमा भने केही छलफल भएको छैन ।’

शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.