• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

‘आगामी बजेट समाजवाद उन्मुख’

  •   बिहिबार, चैत ०८, २०८० मा प्रकाशित

अर्थमन्त्री वर्षमान पुनले आर्थिक अवस्था शिथिल भए पनि ठूलो मन्दी वा सङ्कटमा नरहेको बताउनुभएको छ । बजेटका सिद्धान्त र प्राथमिकताको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले कोभिड–१९ पछिको आर्थिक अवस्था सकारात्मक भएर पनि अपेक्षित भने हुन नसकेको बताउनुभयो । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन व्यवस्था संशोधन गरेर यो पटक सिद्धान्त र प्राथमिकताको छलफल बजेट पेसको तीन महिनाअघि नै सम्पन्न गरेको हो ।

अर्थमन्त्री पुनले प्राथमिकतामा रहेर नीति तथा कार्यक्रम र त्यसलाई बोक्ने गरी बजेट तयार पारिने बताउनुभयो । उहाँले अघिल्लो सरकारले लिएका राम्रा कामलाई प्राथमिकतामा राख्ने जानकारी दिनुभयो । उहाँले सिद्धान्त र प्राथमिकता अनुसार नीति कार्यक्रम तथा बजेट ल्याउने प्रतिबद्धता पनि जनाउनुभयो ।

उहाँले नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा यसअघि जस्तो प्रश्न उठ्न नदिने बताउनुभयो । “विगतमा व्यङ्ग्य भयो, हामी लज्जित भयौँ । प्रधानमन्त्रीको नीति कार्यक्रम अर्थमन्त्रीको बजेट र प्रमुख प्रतिपक्षको मौद्रिक नीति पनि भनियो । हामी यस्तो हुन दिँदैनौँ । मौद्रिक र वित्त नीति एउटै हुने छ । बजेटका प्राथमिकतालाई बजेटले बोक्ने छ । नीति कार्यक्रमलाई बजेटले बोक्ने छ । यो ढङ्गले एकीकृत रूपमा हामी जाने छौँ,” उहाँले भन्नुभयो ।

अर्थमन्त्री पुनले बाह्य क्षेत्रको सुशासनका कारण पनि अर्थतन्त्र पछिल्लो समयमा चलायमान भएको दाबी गर्नुभयो । उहाँले हुन्डी, क्रिप्टोलगायत गैरकानुनी कारोबारमा कडाइ भएसँगै औपचारिक माध्यमबाट रकम मुलुकभित्र भित्रिने अवस्था बनेको बताउनुभयो । नियामक निकायको कोसिसले पनि मौद्रिक क्षेत्रमा सुधार देखिएको भन्दै उहाँले बैङ्कमा विगतमा लगानी सङ्कट रहे पनि अहिले तरलता रहेको उल्लेख गर्नुभयो ।  उहाँले सार्वजनिक वित्तको अवस्था सुधारका लागि सङ्घ, प्रदेश र स्थानीय तहको कमीकमजोरीको समीक्षा आवश्यक भएको बताउनुभयो । अर्थमन्त्री पुनले राजस्व वृद्धिको लक्ष्य पुनरवलोकनको सङ्केतसमेत गर्नुभयो । लक्ष्य र उपलब्धिबिच तालमेल नमिलेको उहाँको भनाइ थियो । उहाँले विगतमा डा. बाबुराम भट्टराईको पालामा ३३ प्रतिशत राजस्व वृद्धि पुगे पनि त्यसयता कमजोर रहेको बताउनुभयो । सार्वजनिक वित्तका क्षेत्रका समस्या सुधार्नुपर्ने भन्दै उहाँले राजस्व प्रशासनको क्षमतामा पनि पुनरवलोकन आवश्यक रहेको बताउनुभयो ।

उहाँले बाह्य विकास साझेदारको अहिले पनि उत्तिकै सहयोग रहेको बताउनुभयो । मन्त्री फेरिए पनि साझेदारका प्रतिबद्धतामा कुनै कमी नरहेको भन्दै उहाँले पैसाको अभावभन्दा खर्च गर्ने क्षमता नभएको उल्लेख गर्नुभयो । उहाँले अहिले विदेशी साझेदारको प्रतिबद्धता पाँच खर्बभन्दा बढी रहेको जानकारी दिनुभयो ।

विकासको आधार

अर्थमन्त्री पुनले आगामी वर्षको बजेट समाजवाद उन्मुख अर्थतन्त्र र सामाजिक प्रणाली विकासका लागि केन्द्रित हुने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको व्यवस्थाद्वारा सामाजिक न्याय कायम हुने पनि बताउनुभयो । उहाँले रणनीतिक महत्वको आधारभूत सेवा प्रदान गर्ने क्षेत्रमा राज्यको भूमिका बढाउनेतर्फ बजेट लक्षित हुने उल्लेख गर्नुभयो । उहाँले मिटरब्याज, लघुवित्त तथा सहकारी समस्या समाधानका लागि सरकारले उचित कदम चाल्ने पनि बताउनुभयो । मन्त्री पुनले उत्पादन र उत्पादकत्व वृद्धि गरी बढ्दो युवा पलायन रोक्ने दिशामा बजेट केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कृषिको आधुनिकीकरण र व्यावसायीकरण प्राथमिकतामा हुने भन्दै उहाँले प्रतिफल नदिएका कार्यक्रमको पुनरवलोकन हुने बताउनुभयो ।

बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.