बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडबाट व्यक्तिका नाममा पुगेको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउने निर्णय गरेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले चाँदबाग रेसिडेन्सीको नाममा रहेको जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।
भूमि व्यवस्था मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छविलाल नेपालीले मालपोत ऐन, २०३४ को दफा २४ अनुसार सो जग्गा नेपाल सरकारको भएको ठहर गरी सरकारकै नाममा फिर्ता ल्याउने निर्णय गरिएको जानकारी दिनुभयो ।
उहाँले सरकारी जग्गाको हक हस्तान्तरण गर्दा मन्त्रीपरिषद्को निर्णय वा सरकारको स्वीकृति आवश्यक रहने भए पनि तत्कालीन बाँसबारी छालाजुत्ता कारखाना प्रालिको सञ्चालक समितिको अध्यक्षको निर्णयबाट गरिएको स्वामित्व हस्तान्तरण वैध नहुने ठहरसहित सरकारका नाममा फिर्ता गरिएको बताउनुभयो ।
२०४४ भदौ ६ मा छ रोपनी र मङ्सिर १८ मा थप चार रोपनी गरी तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा च्याम्पियन फुटवेयरको नाममा बेचबिखन गरिएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइब)० ले पनि यसबारे विस्तृत अनुसन्धान गरिरहेको छ । स्था



