एसिसी महिला एसिया कप २०२४ मा नेपालको सहभागिता रहने भएको छ ।
महिला एसिया कप आगामी साउन ४ देखि १३ गतेसम्म श्रीलङ्कामा हुँदै छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले मङ्गलबार एसियाली क्रिकेट काउन्सिल ९एसिसी० को विश्वमा महिला क्रिकेटलाई प्रवर्धन गर्ने लक्ष्य अनुरूप एसिया कपमा आठ टिम सहभागी गराउने निर्णय गरेपछि नेपाल भाग्यमानी बनेको हो ।
सन् २०१८ मा छ तथा सन् २०२२ मा भएको पछिल्लो संस्करणमा सात टिमले मात्र खेलेका थिए । सन् २०१२ मा प्रत्येक दुई वर्षमा आयोजना गर्ने निर्णय अनुरूप टी–२० संरचनामा पहिलो पटक महिला एसिया कप खेलिएको हो । तर सन् २०२० मा कारोना महामारीका कारण यो प्रतियोगिता हुन सकेन ।
नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कप खेल्न लागेको हो । यसअघि सन् २०१२ र २०१६ मा पनि नेपाल महिला एसिया कपमा सहभागी भएको थियो ।
तपाईको प्रतिक्रिया


