• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

आईपीएलमा सनराइजर्स हैदराबादसग मुम्बई इन्डियन्स पराजित

" हैदराबादको २७८ को जबाफमा मुम्बईको २४६ रन "
  •   बिहिबार, चैत १५, २०८० मा प्रकाशित

काठमाडौं ,चैत्र १५
इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई सनराइजर्स हैदराबादले पराजित गरेको छ। बुधबार सम्पन्न खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले पराजित गरेको हो।हैदराबादले दिएको २७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४६ रनमात्रै बनायो।

मुम्बईका टिम डेविड ४२ रनमा अविजित रहे। उनले २२ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यता, रोमारियो शेफर्ड पनि १५ रनमा अविजित रहे।मुम्बईले पहिलो विकेट ५६ रन बनाउँदा नै गुमाएको थियो। शाहबाज अहमदको बललाई ओपनर इशान किशनले स्लग स्वीप खेल्न खोजेका थिए। तर, अपर एज लागेर डीप मिड विकेटमा एडम मारक्रमबाट क्याच आएट भए। उनले १३ बलमा २ चौका र ४ छक्कासहित ३४ रन बनाए।

अर्का ओपनर रोहित शर्मा पाँचौँ ओभरको तेस्रो बलमा फाइन लेगमा अभिषेक शर्माबाट क्याच आएट भए। प्याट कमिन्सको बलमा आउट हुनुअघि रोहितले १२ बलमा १ चौका र ३ छक्कासहित ३४ रन बनाए।

त्यसपछि मुम्बईको इनिङ्स नमन धीर र तिलक बर्माले उकासे। उनीहरूले तेस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे।११औँ ओभरको चौथो बलमा नमन सर्कलमा रहेका कमिन्सबाट ३० रनमा आउट भए। उनले १४ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए।

१५औँ ओभरमा तिलक पनि क्याच आउट भए। उनले ३४ बलमा २ चौका र ६ छक्कासहित ६४ रन बनाए। उनी कमिन्सको बललाई पुल गर्ने प्रयास गर्दा लङ अनमा रहेका मयंक अग्रवालबाट क्याच आउट भए।

कप्तान हार्दिक पाण्ड्या २० बलमा १ चौका र १ छक्कासहित २४ रन बनाएर विकेटकिपर हाइनरिक क्लासनबाट क्याच आउट भए। हैदराबादका जयदेव उनादकट र प्याट कमिन्सले २/२ विकेट लिए। शाहबाज अहमदको नाममा १ विकेट रह्यो।

त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको थियो।

हाइनरिक क्लासनले अविजित रहँदै सर्वाधिक ८० रन बनाए। ३४ बल खेलका उनले ४ चौका र ७ छक्का प्रहार गरे। यता, एडन मारक्रमले २८ बलमा २ चौका र १ छक्कासहित अविजित रहँदै ४२ रन बनाए।हैदराबादले पहिलो विकेट ४५ रनमा गुमाएको थियो। पाँचौँ ओभरको पहिलो बलमा मयंक अग्रवाल ११ रनमा आउट भए।

मंयक १३ बलमा १ चौकासहित ११ रन बनाएर आउट भए। उनी हार्दिक पाण्ड्याको बललाई पुल गर्ने प्रयासमा टिम डेविडबाट क्याच आउट भएका हुन्।

त्यसपछि कृजमा आएका ट्रेविस हेड र अभिषेक शर्मा तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए। हेड आठौँ ओभरको पाँचौँ बलमा हेड ६२ रनमा आउट भए। उनले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रन बनाए।

उनी जेराल्ड कट्जीको बलमा शट थर्डमा नमन धीरबाट क्याच आउट भएका हुन्। शर्मा भने ११औँ ओभरको अन्तिम बलमा नमन धीरको बलमा क्याच आउट भए। पियुष चावलाको बलमा शर्मा डीप मिड विकेटमा धीरबाट ६३ रनमा क्याच आउट भए।शर्माले २३ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। मुम्बईका हार्दिक पाण्ड्या, जेराल्ड कट्जी र पियुष चावलाको नाममा १/१ विकेट रह्यो।

बिहिबार, चैत १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.