• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

‘काजी’ ट्रेलरले जित्दै दर्शकको मन, सामाजिक सञ्जालमा सकारात्मक चर्चा

  •   बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित

काठमाडौं, बैशाख ३१
फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ। भावनात्मक संवाद, पारिवारिक कथासँगै अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारीको अभिनयलाई लिएर सामाजिक सञ्जालमा राम्रो चर्चा भइरहेको छ।

ट्रेलरमा प्रस्तुत प्रेम, विश्वास र सम्बन्धको द्वन्द्वले दर्शकको ध्यान तानेको छ। विशेषगरी विपीन कार्कीका भावुक संवाद र केकी अधिकारीको समर्पित पत्नीको भूमिकालाई धेरैले रुचाएका छन्।छोटो समयमै ट्रेलर मुभी चार्टको टप पाँचभित्र पनि पर्न सफल भएको छ। यसले फिल्मप्रति दर्शकको उत्साह र अपेक्षा बढ्दो रहेको संकेत गरेको छ।

ट्रेलरमा पारिवारिक सम्बन्ध, प्रेम, त्याग र विश्वासलाई भावुक शैलीमा प्रस्तुत गरिएको देखिन्छ। विपीन कार्की र केकी अधिकारीको केमेस्ट्रीलाई दर्शकले विशेष रूपमा रुचाएका छन्। ट्रेलर हेर्दा फिल्मले प्रेमको सुन्दर पक्षसँगै सम्बन्ध बचाउन मानिसले भोग्ने संघर्षलाई पनि मुख्य विषय बनाएको अनुमान गर्न सकिन्छ।

ट्रेलरको सबैभन्दा बलियो पक्ष यसको भावनात्मक प्रस्तुति हो। ट्रेलरका संवादहरू चर्को वा बनावटी लाग्दैन। ती वास्तविक जीवनसँग नजिक महसुस लाग्छन्। जसमा ग्रामीण र मध्यमवर्गीय नेपाली परिवारको परिवेशलाई राम्रोसँग प्रस्तुत गरिएको देखिन्छ। संवादअनुसारको कलात्मक छायांकन र ब्याकग्राउन्ड म्युजिकले पनि भावनात्मक दृश्यहरूलाई अझ प्रभावकारी बनाएको छ।

ट्रेलरमा अभिनेता विपीनले बोलेको संवाद ‘भगवानले बा–आमा त दिएनन्, तर यिनीलाई दिए’ ले पात्रभित्रको अभाव, एक्लोपन र पत्नीप्रतिको गहिरो प्रेमलाई देखाउँछ। त्यस्तै अभिनेत्री केकीको ‘बरु भगवानबाट गल्ती हुन्छ, मेरो काजीबाट हुँदैन’भन्ने संवादले श्रीमानप्रतिको अटुट विश्वास झल्काएको छ।

‘कजिनीले फेरि यस्तै चित्त दुखाउने कुरा सुन्नुपर्‍यो भने म सबै छोडेर जान्छु” भन्ने संवादमार्फत काजीको पात्र सम्बन्ध जोगाउन जुनसुकै हदसम्म जान तयार रहेको देखिन्छ। अर्कोतर्फ, ‘एउटा झुटले मेरो सम्बन्ध बाँच्छ भने बरु पाप लागे पनि लागोस्’ भन्ने संवादले कथामा आउने भावनात्मक र नैतिक द्वन्द्वको संकेत गरेको छ।

फिल्म आगामी जेठ ८ गतेदेखि देशव्यापी प्रदर्शनमा हुँदैछ। फिल्मलाई निकै अपेक्षाको रुपमा हेरिएको छ। काजी र कजिनी बनेका विपीन र केकीसहित फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याललगायत कलाकारले अभिनय गरेका छन्।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो।फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन्। प्रदीप भारद्धाजको कथा लेखन रहेको फिल्मका निर्मातामा नेहान रिजाल, विकाशराज जोशी रहेका छन्।

असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्म चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतरजको नृत्य निर्देशन, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको साउण्ड डिजाइनर र सुजिल कर्माचार्यको पार्श्व संगीत, प्रोडक्सन हेड प्रकाश हमाल, विपीन मल्लको सम्पादन, बनिश शाहको सुपरभाइजर सम्पादनमा बनेको छ।फिल्म श्रीराम बालाजी फिल्मस्‌ले नेपालभर वितरण गर्दैछ।

बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.