• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

कादम्बरी दाना श्रेष्ठको ‘इमा’ भव्य समारोहबीच लोकार्पण

  •   सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित

काठमाडौं । साहित्यकार तथा गीतकार कादम्बरी दाना श्रेष्ठको नवीन साहित्यिक कृति ‘इमा’ राजधानी काठमाडौंमा एक विशेष समारोहबीच भव्य रूपमा लोकार्पण गरिएको छ । चलचित्र विकास बोर्ड परिसरमा आयोजित उक्त समारोह साहित्य, संगीत र मानवीय संवेदनाले भरिपूर्ण बनेको थियो ।

राष्ट्रियसभा सदस्य डा. अञ्जना शाक्य प्रमुख अतिथिका रूपमा सहभागी रहेको कार्यक्रममा इजरायली राजदूत इस्मुलीक एल्विस, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, संगीतकार संघ नेपालका उपाध्यक्ष शंकर थापा ‘स्माइल’ लगायत साहित्य, संगीत र सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले संयुक्त रूपमा ‘इमा’ कृतिको लोकार्पण गरेका थिए । लोकार्पणपछि उपस्थित अतिथिहरूले लेखिका कादम्बरी दाना श्रेष्ठको सिर्जनात्मक यात्राको खुलेर प्रशंसा गरेका थिए ।

वैदेशिक रोजगारीका क्रममा इजरायलमा केयर गिभरको रूपमा काम गर्दै साहित्य सिर्जना गर्नु आफैंमा प्रेरणादायी रहेको वक्ताहरूले बताएका थिए । स्वागत मन्तव्यका क्रममा पेमा डोल्मा डेल्मुले कठिन परिस्थितिबीच पनि लेखिकाले आफ्ना अनुभवलाई सशक्त साहित्यिक कृतिमा रूपान्तरण गरेको उल्लेख गरिन् ।

लेखिका कादम्बरी दाना श्रेष्ठले ‘इमा’ पुस्तक आफ्ना वैदेशिक जीवनका अनुभव, संघर्ष, पीडा, आत्मीयता र आमाप्रतिको भावनाको समर्पण भएको बताइन् । ‘इमा’ इजरायली भाषामा ‘आमा’ भन्ने अर्थ राख्ने शब्द हो । पुस्तकमा वैदेशिक भूमिमा नेपाली श्रमिकहरूले भोग्ने भावनात्मक संघर्ष, सांस्कृतिक सम्बन्ध र मानवीय संवेदनाका विविध पक्षलाई समेटिएको छ ।

विशेष रूपमा यो कृति इजरायलमा उनकी रोजगारदाता रहनुभएकी दिवंगत माया वाइनको सम्झनामा समर्पित गरिएको छ । लेखिकाले माया वाइनसँग बिताएका आत्मीय क्षण, प्रेम, संघर्ष र सम्बन्धलाई पुस्तकमार्फत जीवन्त बनाउने प्रयास गरेकी छन् ।

इजरायली राजदूत इस्मुलीक एल्विसले नेपाल–इजरायलबीचको सांस्कृतिक र मानवीय सम्बन्ध सुदृढ बनाउन यस्ता साहित्यिक कृतिहरू महत्वपूर्ण हुने बताए । प्रमुख अतिथि डा. अञ्जना शाक्यले ‘इमा’लाई हजारौं नेपाली केयर गिभरहरूको साझा अनुभव र संघर्षको प्रतिनिधित्व गर्ने संवेदनशील दस्तावेजको रूपमा व्याख्या गरिन् ।

समारोहको अन्त्यमा अतिथिहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । ‘इमा’ केवल पुस्तक विमोचन नभई वैदेशिक भूमिमा संघर्षरत नेपालीहरूको जीवन, संवेदना र आमाप्रतिको समर्पणलाई उजागर गर्ने भावनात्मक उत्सवका रूपमा स्थापित भएको सहभागीहरूको धारणा थियो।

सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.