• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

‘काजी’को प्रेमकथाले मन छुन्छ : केकी अधिकारी

  •   बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित

काठमाडौं, जेठ ०६
नेपाली फिल्म उद्योगमा आफ्नो फरक पहिचान बनाएकी केकी अधिकारी अहिले नयाँ फिल्म ‘काजी’ मार्फत दर्शकमाझ आउँदैछिन्। सामाजिक भावना, प्रेम र सम्बन्धको गहिराइ बोकेको यस फिल्मलाई लिएर उनी निकै उत्साहित देखिएकी छन्। फिल्म काजी र कजिनीको प्रेमकथामा बनेको छ।

हालै राजधानीमा आयोजित कार्यक्रममा उनले ‘काजी’ लाई केवल प्रेमकथा नभई विश्वास, त्याग र सम्बन्धको गहिरो संसारको रूपमा व्याख्या गरेकी छन्। उनका अनुसार अहिलेको समयमा प्रेमलाई हेर्ने दृष्टिकोण फरक भइसकेको भए पनि ‘काजी’ को संसारमा भने माया र विश्वासले नै सम्बन्ध टिकाइराखेको छ।
.
उनले भनिन्, ‘हामी वास्तविक जीवनमा पनि परिवार होस् वा आफूले प्रेम गरेको व्यक्ति, हामीलाई कहिलेकाहीँ म मात्रै बढी दिइरहेको छु भन्ने महसुस हुन्छ। मानव मनोविज्ञान नै त्यस्तो हुन्छ। तर ‘काजी’ को संसारमा भने त्यो सोचभन्दा बिल्कुल फरक र भावनात्मक गहिराइ भेटिन्छ।’ उनका अनुसार फिल्मकी पात्र ‘काजिनी’ लाई ‘काजी’ ले जति प्रेम गर्छ, त्यति प्रेम कजिनीले सात जुनीसम्म पनि फर्काउन सक्दिनँ भन्ने अनुभूति हुन्छ।

फिल्मको कथालाई स्पष्ट पार्ने क्रममा केकीले रामायणको प्रसंग पनि जोडिन्। ‘राम र सीताको कथामा पनि सीताले रामका लागि धेरै त्याग गरेकी थिइन् भन्ने मलाई लाग्छ। वनवास गइन्, अग्निपरीक्षा दिइन्। तर ‘काजी’ को संसारमा काजिनीले काजीलाई त्यो स्तरभन्दा पनि माथि राखेर हेर्न सक्छिन्,’ उनले भनिन्, ‘फिल्ममा काजिनीले अनुभव गर्ने समर्पण, त्याग र प्रेमले यहाँ प्रेमले संसार थामेको छ भन्न सकिन्छ।।’

काजिनीको पात्रबारे बोल्दै उनले अर्को रोचक पक्ष पनि खुलाइन्। उनका अनुसार काजिनीलाई ‘काजी’ जस्तो श्रीमान पाउनु कुनै संयोग नभई अघिल्ला जन्महरूको पुण्यको फलजस्तो लाग्छ। उनले भनिन्,‘काजिनीले छ जुनीसम्म गरेको पुण्यको फल सातौं जन्ममा काजीलाई पाउनु हो भन्ने भाव छ।’

उनका अनुसार ‘काजिनी’ का लागि संसारमा सबैभन्दा ठूलो कुरा सम्बन्ध हो। काजीले आफूलाई जुन दृष्टिकोणबाट हेर्छ, त्यो प्रेम र विश्वास जोगाइराख्न उनी जे गर्न पनि तयार हुन्छिन्। ‘कजिनीका लागि माया, विश्वास र सम्बन्ध नै सबैभन्दा ठूलो कुरा हो, संसारका अरू सबै कुरा साना लाग्छन्,’ केकीले फिल्ममा कजिनी पात्रबारे आफ्नो अनुभव सुनाइन्।

काजीकै प्रेम र विश्वासले आफू चरित्रमा वास्तविक कजिनी नै भएर बाँचेको सुनाउँदै उनले भनिन्,‘कजिनीको सबैभन्दा ठूलो आत्मविश्वास नै काजीको उ प्रतिको प्रेम र विश्वास हो। त्यो चिजले मानिसलाई कति धनी बनाउँछ। कति आत्मविश्वासी बनाउँछ भन्ने कुरा फिल्ममार्फत देखाइएको छ।’ केकीले भनिन्।

फिल्मको कथावस्तुले उनलाई सुरुदेखि नै भावनात्मक रूपमा जोडेको थियो। फिल्ममा कजिनी पात्र सामान्य छैन, यसभित्र धेरै पीडा, माया र जिम्मेवारी छ,’ उनले भनिन्।

अभिनेता विपिन कार्कीसँगको सहकार्यलाई उनले निकै सहज र स्मरणीय स्मरणीय अनुभवको रूपमा लिएकी छन्। विपिनसँगको भावनात्मक केमेस्ट्री र पारिवारिक कथावस्तुमा बनेको फिल्मले दर्शकलाई आकर्षित गर्ने उनको विश्वास छ।

करिब डेढ दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय केकीले सधैं फरक र सशक्त पात्र रोज्दै आएकी छन्। पछिल्लो समय ‘बोक्सीको घर’ जस्तो महिला केन्द्रित फिल्ममार्फत चर्चा कमाएकी उनले राम्रो कथा र समाजसँग जोडिएका विषयलाई प्राथमिकता दिने बताउँदै आएकी छन्।

केकीको अभिनय यात्रालाई नजिकबाट हेर्नेहरूका लागि ‘काजी’ उनको परिपक्व अभिनयको अर्को अध्याय बन्न सक्ने अपेक्षा गरिएको छ। फिल्मको प्रचार सामग्रीमा केकी र विपीनको जोडीलाई दर्शकले निकै रुचाएका छन्। सार्वजनिक ट्रेलर र गीतमा देखिएको उनीहरूको प्रस्तुतिले पनि सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

फिल्म यही जेठ ८ गतेदेखि देशभर प्रदर्शन हुँदैछ। ग्रामीण परिवेशमा आधारित फिल्मले भावनात्मक कथा र सम्बन्धको संवेदनशील पक्षलाई पर्दामा उतारेको निर्माण टिमको दाबी छ। फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन्।

बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.