• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

अभिनेत्रीहरूले बोक्न थाले चलचित्रको कथा

  •   बुधबार, जेठ १३, २०८३ मा प्रकाशित

काठमाडौँ । चलचित्र उद्योगमा लामो समयदेखि एउटा भाष्य जबरजस्त स्थापित छ, चलचित्र बिकाउन ‘हिरो’ चाहिन्छ र त्यो हिरो ‘पुरुष’ नै हुनुपर्छ । त्यसैले अधिकांश कथाहरू अभिनेता वरिपरि घुमेको पाइन्छन् । जबकि अभिनेत्रीलाई प्रेम, त्याग वा भावनामा मात्रै सीमित राखिन्छन् ।

तर पछिल्लो समय यो भाष्य परिमार्जित हुँदै गएको छ । अभिनेत्रीहरू पनि चलचित्र बिकाउन सक्छन् भन्ने भाष्य बन्दै गएको छ । उदाहरणका रूपमा पछिल्लो समय प्रदर्शनमा आएका चलचित्रलाई लिन सकिन्छ ।

पछिल्लो समय प्रदर्शनमा आएका ‘लालीबजार’, ‘एक मुठ्ठी बादल’, ‘लाइफ ड्यामेज’ र ‘गुरु आमा’ जस्ता चलचित्रमा महिलाहरू कथा सजाउने पात्र होइनन्, कथा चलाउने शक्ति बनेर आएका छन् । पहिलो पटक होइन, तर लामो अन्तरालपछि अभिनेत्रीहरूले पर्दामा ‘लिड’ मात्र होइन, ‘हिरो’ को जिम्मेवारी बोकेका देखिन्छन् ।

यीमध्ये ‘लालीबजार’ अहिले सबैभन्दा धेरै चर्चामा छ । गत वैशाख २५ देखि प्रदर्शनमा रहेको चलचित्रमा स्वस्तिमा खड्काले वादी समुदायकी महिलाको जीवन संघर्षलाई प्रस्तुत गरेकी छन् । छोरीको भविष्य जोगाउन समाजसँग जुध्ने आमाको कथा बोकेको चलचित्रले सामाजिक विभेद र कुप्रथाविरुद्ध आवाज उठाएको छ ।

स्वस्तिमा खड्काका अनुसार महिला पात्र केन्द्रमा हुनु आफैँमा ठुलो परिवर्तन हो । उनी भन्छिन्, “हाम्रो चलचित्रमा अझै पनि धेरै कथाहरू पुरुष पात्रलाई केन्द्रमा राखेर लेखिन्छन् । तर दर्शकले अहिले फरक कथा पनि स्विकार्न थालेका छन् ।” उनले बलियो पटकथा भए पात्रको लिंगभन्दा कथा महत्त्वपूर्ण हुने बताए ।

चलचित्र ‘एक मुठ्ठी बादल’ले महिलाको व्यक्तिगत स्वतन्त्रताको विषय उठाएको छ । चलचित्रमा अभिनेत्री आँचल शर्मासँगै निशा शर्मा, उषा रजकलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा प्राविधिक टोलीसँगै निर्देशक समेत महिला नै हुन् । चलचित्रमा विवाह गर्ने निर्णय लिएकी एक युवतीले निर्णयमा खोज्ने स्वतन्त्रलाई चित्रण गरिएको छ ।

गत जेठ १ मा प्रदर्शन भएको चलचित्र ‘एक मुठ्ठी बादल’ मा अभिनेत्री आँचल शर्माले ‘माइली’ छोरीको भूमिका निर्वाह गरेकी छन् । “मैले चलचित्रमा निर्वाह गरेको पात्रले आफ्नो निर्णयको स्वतन्त्रतालाई प्रस्तुत गरेको जस्तो लाग्छ । विवाह गर्न तयार पात्रको मनोविज्ञान र उसले आफ्नो निर्णयलाई अन्य परिवारका सदस्यको दबाब बिना नै स्वतन्त्र रूपमा भन्न सके हुनुपर्छ भन्ने देखाइएको छ । यसमा महिला शीर्ष भूमिकामा हुनुका साथै छायाकार, सम्पादकलगायत चलचित्र तयार गर्दा तयार हुने प्राय विधाको प्रमुख नै महिला हुनहुन्छ”, अभिनेत्री शर्माले भनिन् ।

आँचल शर्माले चलचित्रले महिलाको निर्णय क्षमता र आत्मविश्वासलाई देखाउन खोजेको बताइन् । “महिलाले आफ्नो जीवनका निर्णय आफैँ गर्न पाउनुपर्छ भन्ने सन्देश चलचित्रले दिन्छ,” उनको भनाइ छ ।

एक समय रेखा थापाले नेपाली सिनेमामा महिला पात्रलाई ‘एक्सन हिरो’ कै रूपमा स्थापित गरेकी थिइन् । तर त्यसपछि बजार फेरि पुरुष केन्द्रित कथातिर मोडियो । अहिले भने परिस्थिति फेरि बदलिन थालेको सङ्केत देखिएको छ ।

पछिल्ला चलचित्रहरूले एउटा स्पष्ट सन्देश दिएका छन् । दर्शक अब केवल ‘हिरो’ हेर्न हल गएका छैनन्, उनीहरू राम्रो कथा खोजिरहेका छन् । र त्यो कथा महिलाको आँखाबाट पनि भन्न सकिन्छ भन्ने विश्वास नेपाली सिनेमामा बिस्तारै बलियो हुँदै गएको छ ।

बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.