माघ १४ , गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुने पात्र खोज्नुपर्ने बताउनु भयो।
पत्रकारहरुसँग कुरा गर्दै उनले अस्थिर राजनीतिक परिवेशमा देशको अभिभावकीय संस्थाको नेतृत्वका लागी राष्ट्रिय सहमति हुनु आवश्यक रहेको बताउनु भएको छ।
शनिबार दिउसो गोरखामा भएको पत्रकार सम्मेलनमा राष्ट्रपतिमा तपाईंको पनि नाम आएको छ नि भन्ने पत्रकारको प्रश्नमा भट्टराईले आफ्ना शुभेच्छुकहरुले आफ्नो नाम लिएको बताउनु भयो।
तपाईको प्रतिक्रिया


