बैशाख १० ,काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको बताएका छन् । तीन क्षेत्रमा भएको मतदानमा समग्रमा त्यति मत खसेको उनले बताए ।
आज बारा क्षेत्र नम्बर २, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन भएको हो । चितवनमा ६१ प्रतिशत र तनहुँमा ५२ प्रतिशत मत खसेको छ । बाराको भने विवरण आउन बाँकी रहेको उनले बताए ।
“समग्रमा साढे ५९ देखि ६० प्रतिशत मत खसेको छ,” उनले भने । त्यस्तै, उनले मतगणना आजैबाट सुरु हुने पनि बताए । पर्सिसम्म परिणाम आउने थपलियाले बताए ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा मंसिरको निर्वाचन भन्दा करिब ४ प्रतिशत कम मतदानअर्थात् ६२.७७ % मत खस्याे भएको छ । सहायक मतदान अधिकृत ईश्वर आचार्यका अनुसार एक लाख २४ हजार ६९५ मतादाता रहेको चितवन २ मा ७८ हजार २सय ७७मत खसेको हो ।
तपाईको प्रतिक्रिया


