• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सरकारी सर्भर डाउन हुँदा १५ सय वेबसाइट प्रभावित

  •   बुधबार, असार ०६, २०८० मा प्रकाशित

असार ६ , काठमाडौं । सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा करिब १५ सय बेवसाइट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता सफल श्रेष्ठले डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवा अवरुद्ध भएको जानकारी दिए । तर यसबाट सेन्टरका कुनै पनि डाटा र सूचनामा क्षति नपुगेको उनले बताए ।

श्रेष्ठका अनुसार मङ्गलबार बिहानैदेखि केन्द्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ । विद्युत् प्राधिकरणको केबलमा हिट भएपछि मङ्गलबार दिउँसो करिब २ बजे केन्द्रको गेटमै रहेको मुख्य ट्रान्सर्फमर ठूलो आवाजसाथ पड्किएको थियो। त्यसपछि सिंहदरबारभित्र विद्युत् आपूर्ति पूर्र्ण रूपले अवरुद्ध भएको थियो।

प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा दुई वटा इनकमर फिडरमार्फत विद्युत् आपूर्ति गरिएको छ। ती फिडरबाट २२।५ एमएका ट्रान्सफर्मरबाट सात सात वटा फिडर बनाइएको छ। तीमध्ये राष्ट्रिय केन्द्रमा पठाइएको फिडरमै आगलागी भएपछि केन्द्रमा विद्युत् आपूर्ति हुन सकेको थिएन।

फिडर २ मार्फत वैकल्पिक आपूर्ति व्यवस्थापन गरेको थियो। “डेडिकेटेड फिडरमा आकस्मिक आगलागी भएकाले केन्द्रमा विद्युत् आपूर्ति गर्न नसकिएको हो। सिंहदरबारका अन्य सबै कार्यालयमा दिउँसै वैकल्पिक व्यवस्था गरेर आपूर्ति गरको थियौँ,” सिलवालले भने, “राष्ट्रिय सूचना प्रविधि केन्द्रमा पनि राति १० देखि विद्युत् सेवा सुचारु गराएका छौँ।”

डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुनुभन्दा पहिलादेखि विद्युत्को भोल्टेज तलमाथि भइरहेको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले भने, “हामीले केन्द्रमा रहेका जेनरेटरमार्फत विद्युत् दिँदै आएका थियौँ। तर पछि केबलमा हिट हुने समस्या देखिन थालेपछि जेनेरेटरबाट पनि काम हुन सकेन।”

उनले केन्द्र्रमा रहेको जेनरेटर बिहानैदेखि करिब पाँच घण्टाभन्दा बढी चलाएर डाटा सेन्टरमा विद्युत् आपूर्ति गरेको जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार डेडिकेटेड फिडर प्यानलै जलेकाले त्यहाँ वैकल्पिक व्यवस्था गर्न सकिएको थिएन।

बाँकी सबै फिडरमा इनकमिङ प्राधिकरणले केन्द्रको संवेदनशीललाई हेरेर भविष्यमा सो केन्द्रमा विद्युत् आपूर्तिमा कुनै समस्या नआउने गरी वैकल्पिक प्रणाली पनि बुधबारदेखि नै जडान थालिने सिलवालले जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

 

बुधबार, असार ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.