असोज २८ , काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ । डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ ।
काठमाडौं उपत्यका पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ । डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँमा झरेको छ ।
भारतबाट नै मुल्य घटेर आएपछि नेपालमा पनि स्वचालित मुल्य प्रणाली अनुसार मूल्य घटाएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । यसभन्दा पहिले प्रचण्डको निर्देशनमा निगमले मूल्य घटाएको थियो ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोललाई १६९ र डिजेललाई १६५ रुपैयाँ पर्ने छ ।सुर्खेत र दाङमा पेट्रोललाई १७१ र डिजेललाई १६७ रुपैयाँ पर्ने छ । नयाँ मूल्य आइतबार मध्यरातिदेखि लागु हुने छ ।

तपाईको प्रतिक्रिया


