• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आवाज हरायो, साहसले बाँच्यौँ

  •   आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित

कार्तिक १९ , जाजरकोट । भेरी नगरपालिका–३, स्याला जाजरकोटका २३ वर्षीय रूपक विश्वकर्माका भाइ शुक्रबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको घेत्मामा लाग्ने मेला हेर्न जानुभएको थियो । भाइ नआएपछि रूपक अबेलासम्म बुवाआमासँगै कुरा गरेर बसे ।

रुकुमको जिल्ला अस्पताल सल्लेमा उपचार गराउन आएका रूपकले भने, “भाइ नआएपछि निदाउन थालेको थिएँ । एक्कासि छतबाट माटो ओइरिए जस्तो भयो । जुरुक्क उठ्न खोजेँ, पिङ मच्चिए जसरी खाट मच्चियो । अनि नराम्ररी भित्तामा उछिट्टिएर भुइँमा लडेँ ।”

उनले थपे, “उठ्न खोज्दै थिएँ, माथिबाट काठ, माटो र ढुङ्गा खसेर थिच्यो । एक हात टाउकोमाथि राखिरहेँ । काठ, माटो, ढुङ्गाले मलाई पुर्दै गयो । यस्तैमा म त अचेत भएँछु । अलिपछि झिलिक झिलिक बत्ती बले जस्तो भयो । आँखा खोलेँ । मुख पनि माटोले बन्द गरेको जस्तो भयो । जोडले श्वास बाहिर फालेँ, माटो निस्कियो । अब त मरिने रैछ भन्ने लागेको थियो ।”

भूकम्प रोकिएपछि एक हातले बिस्तारै शरीरको माटो, ढुङ्गालाई हटाएको उनले बताए । उनको अनुहार, टाउकोलगायत शरीरका अन्य अङ्गमा चोट लागेको छ । रूपकले भने, “बल गरेर उठेँ । गाउँमा कोलाहल थियो । बुवाआमा भएको कोठामा गएँ । केही भइहाल्यो कि भन्ने ठुलो डर थियो । घरको माथिल्लो तला नै भासिएर उहाँहरू त तल्लो तलामा झर्नुभएछ । घरको सबै काठ, माटो, ढुङ्गाले उहाँहरू पुरिनुभएछ । मलाई के गरौँ, कसो गरौँ भइरहेको थियो । आमाले बचाऊ , बचाऊ , भन्दै गुहार मागिरहनुभएको थियो ।”

बेल्चा लगाएजसरी हातैले माटो, ढुङ्गा र काठ पन्छाएर आमाको कपाल फेला पारेको उनले सुनाए । औँलाले कोदालाले खनेजसरी आमाको वरिपरिको माटो हटाएको र आमालाई निकालेपछि बुवालाई खोजेको उनले स्मरण गरे तर आमालाई निकाल्दै औँलाबाट रगत चुहिन थालेको थियो ।

यस्तैमा भाइ पनि चिच्याउँदै आइपुग्यो तर सुरु सुरुमा बचाऊँ, बचाऊँ, भनेर कराउने बुवाको आवाज बिस्तारै दबिँदै गएको थियो । बुवाको सासै रोकियो कि भन्ने डरले उनलाई सतायो ।

“बुवाको वरिपरिको माटो, काठ र ढुङ्गा हटाउँदै गएँ,” उनले भने, ‘छिमेकका पाँच जना साथीलाई बिन्ती गरेर ल्याएपछि बुवालाई निकाल्न सकियो । बेहोस अवस्थामा रहेका बुवाको नाक र मुखभरि माटो कोचिएको थियो ।

खोक्दा नाक र मुखको माटो एक्कासि निस्कियो अनि बुवा ज्युँदै हुनुहुन्छ भन्ने भयो ।” हामी चाइनबगर पुल तरेर रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ आइपुग्यौँ । त्यतिन्जेल रुकुमपश्चिमको भागमा उद्धारका लागि ल्याइएका एम्बुलेन्स आइसकेका थिए । गाउँमा धेरै जना उपचारका लागि यही आयौँ । रूपकले भने, “अहिले मेरो बुवा डण्डवीरको अवस्था ठिक भएपछि डिस्चार्ज भएर जानुभयो । म र आमा कल्पना अस्पतालमै छौँ ।” यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.