• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

रुसी सेनामा कार्यरत नेपालीको पीडा : न ज्यान रह्यो, न कमाइ भयो

  •   बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित

काठमाडौँ , मंसिर १४
१९ वर्षको छँदा राजकुमार रोक्काले सशस्त्र प्रहरीमा जागिर खाए। दोलखा मेलुङ–६ का रोक्काले ६ वर्षमै शसस्त्रको जागिर छोडे। ०७० सालमा काठमाडौंको टोखामा होम डेकुरेसन व्यवसाय सुरु गरे। ०७२ सालको भूकम्प र कोरोना महामारीका कारण व्यवसाय ‘डुब्यो’। व्यापारबाट कमाई हुनुको सट्टा उल्टै १ करोड बढी ऋण लाग्यो।

‘उठ्नै नसक्ने’ गरी घाटा बेहोरेपछि, के गर्ने रु कसो गर्ने भन्ने तनावमा थिए। त्यसपछि राम्रो कमाई हुने आशमा उनी रुसी सेनामा भर्ना हुने निधोमा पुगे। भिजिट भिसामा असोज १४ गते रुस हिँडे र दुई दिनपछि नै रुसी सेनामा भर्ना भए। तर, दुई महिना नबित्दै उनको मृत्यु भयो। ऋण तिरेर सुखद भविष्यको कल्पना गरेका राजकुमारले कमाएको पैसासमेत स्वदेश पठाउन नपाई मृत्युवरण गर्नुपर्‍यो।

‘आर्थिक संकटमा परेपछि भाइ बिछिप्त थियो,’ राजकुमारका दाइ सनमले अन्नपूर्णसँग भने, ‘व्यवसायले ऋण तिर्न नसक्ने अवस्था भयो। त्यसैकारण एक वर्ष रुसको सेना भएर काम गर्छु भनेको थियो। तर, यस्तो विपत्त आइलाग्यो।’ रुसी सेनामा नजान पटक–पटक सम्झाउँदा पनि राजकुमारले नमानेको दाइ सनमले बताए। ‘म फौजमा काम गरेको मान्छे एक वर्ष त हो नि’ भन्दै उल्टै हामीलाई कन्भिस गर्‍यो,’ दाइ सनमले भने, ‘भिजिट भिसामा गएको भाइ कहिल्यै नफकर्ने भयो।’ राजकुमारको मृत्युको स्पष्ट कारण नखुुले पनि तालिमको क्रममा बंकरमा मृत्यु भएको बताइएको छ।

राजकुमारले रुस पुगेको केही दिनमै दाजु सुमनकुमार रोक्कालाई फोन पनि गरेका थिए। असोज १४ गते रुस पुगेका भाइ राजकुमारले १६ गते नै आफू रुसी सेनामा जागिरे भएको सुनाएका थिए। ‘मैले यस्तो बेलामा सेनामा काम नगर, बरु घर फर्कने भए म टिकट पठाइदिन्छु भनेको थिए, तर उसले मानेन,’ दाइ सनमले भने।

राजकुमारको मृत्युले गाउँ नै शोकमा डुुबेको छ। उनका श्रीमती, १६ वर्षीय छोरा र डेढ वर्षकी छोरी छन्। राजकुमारका छोरा राजधानीकै एक विद्यालयमा पढिरहेका छन्। राजकुमार रुस उडेपछि डेढ वर्षीय छोरी र पत्नी मेलुङघरमै बस्न थालेका हुन। ‘ऋणको भारसँगै भाइ त कहिल्यै नफर्कने गरी गुमायौं,  शव ल्याउनका लागि परराष्ट्र मन्त्रालयमा वडाको सिफारिसअनुसार निवेदन दिएर आएका छौ,’ सुमनकुमारले भने।

यस्तै, इलाम नगरपालिका–९ का गंगाराज मोक्तानको रुस–युक्रेन युद्धमा मृत्युको खबरले परिवारमा बज्र थपिएको छ। ०९२००७५१ राहदानी नम्बर भएका गंगाराज वैदेशिक रोजगारीका लागि तीन वर्षअघि दुबई गएका थिए। त्यहींबाट उनी रुसी सेनामा भर्ना भएका थिए। उनले १२ नोभेम्बरमा इलाममा रहेकी पत्नीसँग कुरा गर्दै युक्रेन युद्धमा आफू सात दिन गएर सकुशल रहेको जानकारी दिएका थिए।

त्यसपछि गंगाराज करिब सात दिन आराम गरेपछि पुनः आफूलाई युद्धमा पठाउनसक्ने बताएको पत्नी याङ्गिला शेर्पाले बताइन्। ‘त्यसपछि उहाँ फेरि युद्धमा जानुभयो वा भएन भन्ने यकिन थिएन, पत्नी याङ्गिला शेर्पाले भनिन्, ‘कुरा हुन पाएको थिएन।’ मोक्तानको १५ जुलाई २०२३ मा मृत्यु भएको दूतावासले २४ नोभेम्बर २०२३ मा पुष्टि गरेको हो। वैदेशिक रोजगारीमा जानुअघि गंगाराज नेपाली सेनामा कार्यरत थिए।

गंगाराजकी पत्नी याङ्गिलाले शव घर ल्याउनका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेकी छिन्। गंगाराजकी पत्नी, सात वर्षकी छोरी, बुबा, आमा, दुुई दाजु, भाउजू छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ

बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.