प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै श्रमजीवीहरूका निम्ति सामाजिक सुरक्षा कार्यक्रम लागू गरिने बताउनु भएको छ । शनिबार काठमाडौंमा आयोजित ट्रेड युनियन आन्दोलन र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सामाजिक न्यायलाई आफूले उच्च महत्व दिएको भन्दै अब सरकारले सबै क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने बताउनु भयो ।
‘मेरो नेतृत्वको वर्तमान सरकार सबैभन्दा बढी श्रमिकमैत्री छ। सरकारको एक वर्षको अवधिमा मैले सबैभन्दा बढी महत्त्वसमेत यस क्षेत्रलाई नै दिएको छ,’ उनले भने, ‘आगामी दिनमा समेत देश निर्माणका आधारभूत र निर्णायक शक्तिका रुपमा रहेका श्रमजीवी वर्ग र उनीहरूका प्रतिनिधि संस्था ट्रेड युनियनहरूले उठाएका विषयलाई अधिकतम सम्बोधन गर्न म क्रियाशील रहनेछु।’
प्रधानमन्त्री प्रचण्डले आफूले सरकारमा रहेर एक वर्षसम्म राजनीतिक स्थायित्व, अर्थतन्त्रमा सुधार, सुशासनको प्रत्याभूति, सेवा प्रवाह र सामाजिक न्यायका क्षेत्रमा थुप्रै कामहरु गरेको दाबी गर्नुभयो । ुयत्तिमै म सन्तुष्ट छैन । मैले पुस १० गते जनताको नाममा सम्बोधन गर्दै आगामी वर्षका लागि केही नयाँ संकल्पहरू सार्वजनिक गरेको छु,ु प्रचण्डले भन्नुभयो, ुती संकल्पहरू दृढतापूर्वक कार्यान्वयन गर्दै देशमा आशाको रक्तसञ्चारसहित समृद्धिको आधार तयार पार्नु मेरो प्रमुख प्राथमिकता हुनेछ।


