• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  •   सोमबार, कार्तिक ०२, २०८३ मा प्रकाशित

काठमाडौं । ‘कबड्डी’को चौथो शृङ्खलालाई ‘द फाइनल म्याच’ नाम दिइएपछि धेरै दर्शकले काजीको कथा यहीँ टुंगिएको अनुमान गरेका थिए । तर निर्देशक रामबाबु गुरुङका लागि काजीको कथा त्यतिमै सीमित थिएन । प्रेम जीवनको एउटा अध्याय पूरा भए पनि त्यसपछि काजीको जीवन कता अघि बढ्छ भन्ने प्रश्न बाँकी नै थियो । यही प्रश्नको उत्तर खोज्दै निर्माण गरिएको हो, ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ ।

२०७१ सालमा पहिलो शृङ्खलाबाट सुरु भएको काजीको कथा पाँचौँ भागसम्म आइपुग्दा नयाँ मोडमा पुगेको निर्देशक गुरुङ बताउँछन् । उनका अनुसार चौथो भागमा काजीको नयाँ प्रेम जीवनको सुरुवाती रोमाञ्चकतालाई टुंग्याउने उद्देश्यले ‘द फाइनल म्याच’ को अवधारणा ल्याइएको थियो । तर चलचित्र प्रदर्शनपछि दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले पात्रहरूको कथालाई थप विस्तार गर्न प्रेरित गर्‍यो ।

‘चौथो शृङ्खलामा हामीले काजीको नयाँ प्रेम जीवनको छोटो समयको रोमाञ्चकतालाई टुंग्याउने सोचसहित कथा निर्माण गरेका थियौँ । त्यसैले ‘द फाइनल म्याच’ नाम राखेका थियौँ,’ गुरुङले भने, ‘चौथो शृङ्खला प्रदर्शनपछि दर्शकले निकै रुचाइदिनुभयो । यसले निर्मातालाई व्यावसायिक रूपमा मात्र नभई अन्य कुरामा पनि प्रोत्साहन गर्ने रहेछ ।’

निर्देशक गुरुङका अनुसार पहिलोदेखि चौथो भागसम्म कथा विस्तार हुँदै जाँदा काजीको प्रेम जीवनको एउटा अध्याय पूरा भएको थियो । तर प्रेमपछि उसको व्यावहारिक जीवन कस्तो हुन्छ भन्ने पक्षमा कथा अघि बढाउन सकिने सम्भावना बाँकी थियो ।

‘चार शृङ्खलासम्म पुग्दा काजीको प्रेम जीवनको एउटा अध्याय त पूरा भयो नि, तर कथा त त्यहाँबाट उता पनि हुन्छ नि,’ उनले भने ।

यही सोचपछि काजीको व्यावहारिक जीवनलाई कथाको केन्द्रमा राख्ने विषयमा छलफल सुरु भएको गुरुङले बताए । अभिनेता दयाहाङ राईसँग पनि यसबारे परामर्श गरिएको र उनले चलचित्र गर्ने इच्छा देखाएपछि पाँचौँ भागको लेखन सुरु गरेको उनको भनाइ छ ।

‘दर्शककै हौसलाले काजीको व्यावहारिक पाटो कोट्याउने सोच बन्यो । त्यही क्रममा पाँचौँ शृङ्खलाबारे छलफल भयो । दयासँग सल्लाह गरेँ । दयाले गर्ने भए गरौँ न त भनेपछि मैले लेखन कार्य सुरु गरिहालेँ,’ उनले भने ।

पाँचौँ भाग निर्माण गर्नु आफ्नो बाध्यता नभएको पनि गुरुङले स्पष्ट पारे । दर्शकको प्रतिक्रियाले उत्साह थपे पनि पात्रहरूको बदलिँदो जीवन, अनुभव र परिपक्वताले कथालाई अगाडि बढाउने आधार तयार गरेको उनको भनाइ छ ।

पात्रसँगै हुर्किएको कथा

‘कबड्डी’ पाँचौँ शृङ्खलासम्म आइपुग्दा यसका पात्रहरूको छुट्टै संसार निर्माण भइसकेको निर्देशक गुरुङको अनुभव छ । पहिलो भागदेखि नै दर्शकले पछ्याउँदै आएका पात्रहरू समयसँगै हुर्किएका छन् । उनीहरूको सोच, व्यवहार र मनोविज्ञानमा आएको परिवर्तनलाई कथामा समेट्नु आवश्यक भएको उनले बताए ।

‘एकदेखि पाँचसम्म आउँदा पात्रको एउटा छुट्टै संसार बनिसक्यो । एउटै पात्रले दर्शक कमायो र दर्शकसँगसँगै पात्रहरू पनि हुर्किरहेका छन्,’ उनले भने ।

उनका अनुसार पात्रहरूको कथा केवल मनोरञ्जनमा सीमित छैन । उनीहरूको जीवन र मनोविज्ञान नेपाली समाजमा देखिने तथा मानिसहरूले भोग्ने अनुभवसँग जोडिएका छन् । त्यसैले यसपटक पनि पात्रहरूको उमेर, अनुभव र बदलिँदो परिस्थितिलाई ध्यानमा राखेर कथा तयार गरिएको छ ।

‘कबड्डी’ शृङ्खला हास्य, आक्रोश, जोक र पञ्चलाइनका कारण लोकप्रिय बनेको गुरुङको बुझाइ छ । तर पाँचौँ भागमा ती पक्षलाई मात्र प्राथमिकता नदिई पात्रहरूले आफ्नो उमेर र अनुभवअनुसार परिस्थितिलाई कसरी लिन्छन् भन्ने विषयमा बढी ध्यान दिइएको उनले बताए ।

‘अहिले त्यसमा मात्र फोकस छैन । पात्रहरूको मनोदशा, आफ्नो उमेर र अनुभवअनुसार उनीहरूले कस्तो प्रतिक्रिया दिँदै गइरहेका छन् भन्ने कुरामा बढी ध्यान दिएर काम गरेका छौँ,’ उनले भने ।

समयसँगै पात्रहरूको व्यवहार परिवर्तन हुनु स्वाभाविक रहेको गुरुङको भनाइ छ । उनीहरू पहिलेको अवस्थामा नरहेकाले नयाँ परिस्थितिमा उनीहरूको प्रतिक्रिया र सोच पनि फरक हुने उनले बताए ।

समयसँगै फेरिएको मुस्ताङ

‘कबड्डी’ शृङ्खलामा कथा र पात्र मात्र परिवर्तन भएका छैनन्, कथाको परिवेश पनि फेरिएको छ । पहिलो भागमा देखाइएको मुस्ताङको गाउँ, घर, गल्ली र सडक अहिले धेरै बदलिइसकेको निर्देशक गुरुङ बताउँछन् ।

‘हामीले सुरुमा छायाङ्कन गरेका स्थानका पुराना घरहरू बजारीकरणसँगै परिवर्तन भइसकेका छन् । पक्की घरहरू बनेका छन् । अहिले मुस्ताङको पिलपिलेबाहेक घासादेखि माथितिर सबै सडक पक्की बनिसकेको छ,’ उनले भने ।

पहिलेका माटोका घर र ढुंगाले छाएका संरचनाको ठाउँमा पक्की घर तथा सडक बनेका छन् । छानामा दाउरा सुकाउने पुरानो चलनदेखि टिनका छाना र ग्यासको प्रयोगसम्म आइपुग्दा गाउँको स्वरूपसँगै स्थानीयको जीवनशैलीमा पनि परिवर्तन आएको उनले सुनाए ।

यस्तो परिवर्तनले चलचित्रको दृश्यात्मक पक्षमा समेत प्रभाव पारेको गुरुङको भनाइ छ ।

लेखक तथा निर्देशकका रूपमा पाँचौँ भागको पटकथामा काम गर्दा अघिल्ला शृङ्खलाको अनुभवले सहजता दिएको भए पनि दर्शकको अपेक्षा पूरा गर्नु चुनौतीपूर्ण रहेको उनले बताए । पहिलोदेखि नै एउटै पात्र र कथामा काम गरेकाले पात्रहरूको स्वभाव र कथा अघि बढ्ने दिशाबारे स्पष्टता रहेको उनको भनाइ छ ।

‘जुनसुकै स्क्रिप्टमा काम गर्न पनि उत्तिकै चुनौती हुन्छ । तर एकदेखि अहिलेसम्म एउटै स्क्रिप्टमा काम गरिरहेजस्तो अनुभव हुन्छ । किनभने पात्रहरू पहिले नै विकसित भइसकेका हुन्छन् । उनीहरूको लाइन स्पष्ट हुन्छ,’ उनले भने, ‘चौथो भागपछि पाँचौँमा आउँदा दर्शकको अपेक्षा बढ्ने भएकाले त्यसलाई सम्बोधन गर्ने दबाब पनि महसुस हुन्छ ।’

काजीको कथा प्रेमबाट व्यावहारिक जीवनतर्फ अघि बढे पनि विगतका पात्र र उनीहरूबीचको सम्बन्धलाई चलचित्रले निरन्तरता दिएको छ । पहिलो र दोस्रो भागमा काजी र मैयाँबीचको सम्बन्धले दर्शकमा सिर्जना गरेको सम्झनालाई पाँचौँ भागमा पनि अनुभूत गर्न सकिने गुरुङले बताए ।

उनका लागि ‘कबड्डी’का पात्रहरू अब पर्दामा देखिने काल्पनिक चरित्र मात्र होइनन् । उनीहरू आफ्नै समाजमा देखिएका, भोगिएका र अनुभव गरिएका मानिसजस्ता लाग्न थालेका छन् । यही कारण पात्रहरूको कथा र मनोविज्ञान पनि समाजसँगै जोडिँदै गएको उनको भनाइ छ ।

बिकेको एआई कनेक्सनदेखि बमकाजीको रहस्यसम्म

‘कबड्डी ५’ मा बिके पात्रलाई कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडिएको छ । चलचित्रको टिजरमा पनि यसको झलक देखाइएको छ । तर कथा लेख्ने क्रममा एआईको विकासलाई केन्द्रमा राखेर यस्तो योजना नबनाइएको निर्देशक गुरुङ बताउँछन् ।

उनका अनुसार बिके सुरुदेखि नै केही छट्टु, बाठो र जानी–नजानी प्रविधिमैत्री स्वभावको पात्र हो । पात्रको यही विशेषतालाई थप विकास गर्दै लैजाँदा एआईसँगको सम्बन्ध कथामा स्वाभाविक रूपमा जोडिएको उनले बताए ।

‘सुरुमा कथा लेख्दा एआईको विकास हुन्छ भन्ने कल्पना थिएन । बिके पात्र पहिलेदेखि अलि छट्टु, बाठो र जानी–नजानी प्रविधिमैत्री बन्ने किसिमको छ । त्यही पात्रलाई विकास गर्ने क्रममा नै त्यस्तो आएको हो,’ उनले भने ।

बिके, छन्त्याल र काजीको विवाहसँग जोडिएका व्यक्तिगत प्रसङ्गले पनि पाँचौँ भागको कथामा नयाँ आयाम थपेको गुरुङले बताए ।

यसपटक बमकाजीको भूमिकामा अभिनेता विपीन कार्की देखिँदैछन् । तर उनी चलचित्रका कुन पात्रको जीवनसँग जोडिएर आएका हुन् भन्ने विषयमा निर्देशक गुरुङले खुलाउन चाहेनन् ।

‘कबड्डी’ शृङ्खलामा हुँदै आएको कबड्डीको खेल अब सबै पात्रलाई समेट्ने ‘महायुद्ध’तर्फ जान सक्ने सम्भावनासमेत उनले संकेत गरेका छन् । काजीको जीवनमा जोडिएका चार सोल्टिनीको प्रसङ्ग पनि चलचित्रमा रहेको उनले बताए । यद्यपि कथाका अन्य पक्षबारे भने उनले धेरै खुलाएनन् । ‘थाक खोला’ बोलको गीतमा तीन जना सोल्टिनी देखिएका छन् ।

पाँचौँ भागमा काजीले प्रेम जीवनसँगै व्यावहारिक जीवन र समाजसँगको सम्बन्धमा धेरै कुरा त्याग गरेको पक्षलाई पनि समेटिएको गुरुङले बताए । पात्रहरूको बोल्ने शैलीलाई अघिल्ला भागमा जस्तै निरन्तरता दिइए पनि उनीहरूको जीवनमा आएको परिवर्तनअनुसार संवाद र परिस्थिति फरक हुने उनको भनाइ छ ।

रेकर्डको दबाबमा छैनन् निर्देशक गुरुङ

‘कबड्डी’का अघिल्ला शृङ्खलाले बक्स अफिसमा सफलता हासिल गर्दै कमाइको रेकर्ड बनाएका थिए । तर पाँचौँ भागले पनि अनिवार्य रूपमा नयाँ रेकर्ड कायम गर्नुपर्छ भन्ने दबाब आफूले नलिएको निर्देशक गुरुङ बताउँछन् ।

प्रदर्शन नजिकिँदै गर्दा केही डर र उत्सुकता भने रहने उनको अनुभव छ । दशैँको अवसरमा अन्य सिक्वेल चलचित्र पनि प्रदर्शनमा आउने भएकाले त्यसले व्यावसायिक परिणाममा प्रभाव पार्न सक्ने भए पनि ‘कबड्डी’को आफ्नै दर्शकले साथ दिने विश्वास उनले व्यक्त गरे ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ मा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ । सागर राज चलचित्रका कार्यकारी निर्माता हुन् ।

चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङ मुख्य भूमिकामा छन् । सहायक भूमिकामा पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंले अभिनय गरेका छन् ।

चलचित्रको नेपाल वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने अन्तर्राष्ट्रिय वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ । चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायाङ्कन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । सोमनाथ खनाल र तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक हुन् ।

सोमबार, कार्तिक ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.