धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कतिपय विषयमा राष्ट्रिय सहमतिको जरूरी पर्ने बताउनु भयो । रामेछापमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले संसदको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम टुंगोमा पुर्याउन सत्ता गठबन्धनले राष्ट्रिय सहमति चाहेको बताउनु भयो ।
उहाँले ‘यो सत्ता गठबन्धन सानो दुखले बनाएको गठबन्धन होइन, त्यसैले गठबन्धन सुदृढ गर्न हामी सबै दृढ छौं । तर, कतिपय विषयमा राष्ट्रिय सहमति जरूरी हुन्छ, त्यसले मुलुक र लोकतन्त्रको हित नै गर्छ’ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अहिले हामीले सदनको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी काम टुंगाउन राष्ट्रिय सहमति चाहेका छौं ।’
उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रिय सभामा भागबन्डा गरिरहेको विषय सार्वजनिक भइरहँदा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको बताउनु भयो ।


