• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

पुसभित्रै मेलम्ची पानी ल्याउन तीव्रता

  •   शुक्रबार, पुष २०, २०८० मा प्रकाशित

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी पुस अन्तिमदेखि काठमाडौँमा वितरण गर्ने उद्देश्यसाथ सुरुङ सफाइ र मर्मत तीव्र पारिएको छ ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यका अनुसार २०७८ को भीषण बाढीले पुरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट बालुवा, माटो र ढुङ्गा हटाउने कार्य ७० प्रतिशत पूरा भएको छ । उहाँले बाँकी काम बढीमा १० दिनमा सम्पन्न हुने र पानी पथान्तरण सुरु हुने बताउनुभयो ।

आयोजना कामको प्रगतिबारे निरीक्षणका लागि बुधबार मेलम्ची आउनुभएका सचिव आचार्यले सबैभन्दा कठिन काम सुरु भएको बताउनुभयो । “वैकल्पिक रूपमा काठमाडौँमा पानी वितरण गर्ने गरी काम अघि बढाएका छौँ । हाम्रो लक्ष्य पुस अन्तिमदेखि माघेसङ्क्रान्तिभित्र काठमाडौँमा मेलम्ची आयोजनाको पानी वितरण गर्ने हो,” उहाँले भन्नुभयो । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले अम्बाथानको टनेलको ग्राउटिङ तथा मर्मत सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार पानी पठाउने प्रमुख मार्ग गेट नम्बर ३८ को ढोका मर्मत तथा त्यहाँ भरिएको बालुवा, माटो र ढुङ्गा निकालेर सफाइ गरिँदै छ । उहाँले दिनमा दुई चरणमा २० जना श्रमिकले काम गरिरहेको बताउनुभयो । “गेट नम्बर ९ मा काम हुँदै छ । सुरुङमा बालुवा भरिएको छ । त्यही वैकल्पिक सुरुङबाट बालुवा माटो निकाल्ने काम हुँदै छ,” उहाँले भन्नुभयो । उहाँले बालुवा निकाल्ने काम सकिएपछि गेट नम्बर ९ बन्द गरेर गेट नम्बर ३८ खुल्ने अनि सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रतर्फ पानी पठाउने जानकारी दिनुभयो ।

अल्पकालीन र दीर्घकालीन योजना

खानेपानी मन्त्रालयका सचिव आचार्यले मेलम्ची खानेपानी आयोजनालाई नवीन संरचनात्मक ढाँचामा अघि बढाउने लक्ष्य अनुसार काम आरम्भ गरिएको बताउनुभयो । उहाँका अनुसार मेलम्ची आयोजनाको अहिले रहेको हेडबक्सलाई यथावत् राखेर हेलम्बु–१ सर्कसथलीबाट पानी ल्याउने गरी संरचना निर्माण गरिने छ । “यहाँबाट नौ सय मिटरको सुरुङ निर्माण गर्ने । २५ मिटर अग्लो इन्टेक (टावर) बनाउने र हेडबक्सकै कुनै ठाउँमा लगेर जोड्ने गरी अध्ययन भएको छ । अब सरोकारवालासँग समन्वय र छलफल गरेर काम अघि बढाउँछौँ,” उहाँले भन्नुभयो । सचिव आचार्यले मेलम्चीसँगै याङ्ग्री र लार्केबाट पनि पानी थपेर काठमाडौँमा बाह्रै महिना पानी ल्याउने गरी काम अघि बढाउने लक्ष्य रहेको बताउनुभयो । “मेलम्ची क्षेत्रको विकासका लागि र काठमाडौँमा सहज रूपमा पानी उपलब्ध गराउने परियोजना हो । त्यसैले भएका संरचना व्यवस्थित गर्दै बृहत्तर अवधारणासाथ काम अघि बढाउन हामी दृढ छौँ,” उहाँले भन्नुभयो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले काठमाडौँलाई पानीको सङ्कटबाट मुक्त गराउन विस्तृत अवधारणा र दीर्घकालीन लक्ष्यसाथ काम गर्नुपर्ने बताउनुभयो ।

शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.