• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

निर्वाचनअघि टिआरसीको चर्चा, प्रचण्डसँग यसकारण धाइरहेका छन् ओली

  •   शनिबार, पुष २१, २०८० मा प्रकाशित

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज (पुस २० गते) मतदाता नामावली प्रकाशन गरिनेछ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु हुनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

राष्ट्रियसभाको राजनीति
नेकपा एमाले राष्ट्रिय सभामा ६ सिट माग गरेको छ। तर सत्ता गठबन्धन अहिले एक सिट पनि नदिन नहुने देखि एमालेलाई पनि सँगै लिएर हिड्नुपर्ने दुईधारमा उभिएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्र एमालेलाई पनि सँगै लैजानुपर्ने पक्षमा छ भने एकीकृत समाजवादीले प्रतिपक्ष सत्तासँगै भागबन्डामा सहभागी गराउन नहुने पक्षमा छ।

मंगलबारदेखि सुरु भएको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई पनि सँगै जान खोजेको कुरा ब्रिफिङ गरेका थिए। यो ब्रिफिङसँगै सत्ता गठबन्धनमा धेरै आशंका अनि एमालेले खेल्न खोजेको श्वर एकै पटक सुनिन थालेको छ।

टीआरसीमा बार्गेनिङ गर्दै एमाले
एमालेले अहिलेको सत्ता गठबन्धनभित्र छिर्नका लागि एक सुत्र बनाएको छ त्यो हो संक्रमणकालीन न्याय सम्बन्धी विधेयक। उक्त विधेयक लामो समयदेखि रोकिएको र यो अधिवेशनमा जसरी पनि पारित गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रयास गरिरहेका छन्।

उक्त विधेयक संसद्को मानव अधिकार समितिमा विचाराधीन छ। मानव अधिकार समितिबाट पारित गर्दै संसदमा पुर्‍याउने अनि राष्ट्रिय सभाबाट पारित गरेर शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रधानमन्त्री प्रचण्डको प्रयास छ। जसरी पनि यो विधेयक टुंग्याउने प्रधानमन्त्रीको प्रयासलाई देखेर एमालेले यही कुरालाई बार्गेनिङ गरिरहेको सत्ता गठबन्धनभित्रकै दलको आरोप छ।

गलेका ओली

सत्ता गठबन्धनप्रति सधैँ कठोर देखिने एमाले अध्यक्ष केपी शर्मा ओली केही समययता एकाएक नरम देखिन थालेका छन्। १६ पुसमा नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पनि उनी सत्तारुढ गठबन्धनप्रति अपेक्षाकृत नरम देखिए।

सत्ता गठबन्धनको बैठकअघि ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट गरेका थिए। लगत्तै सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले एउटा खुलासा गरे।

प्रधानमन्त्री प्रचण्डले बैठकमा बताए अनुसार उनीसँगको कुराकानीमा ओलीले २० माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई शून्य स्थितिमा नपुर्याइदिन अनुरोध गरेका थिए। अर्थात् निर्वाचनअघिको भागबण्डामा एमालेलाई पनि सामेल गराइदिए हुन्थ्यो भने आग्रह ओलीको थियो।

राष्ट्रिय सभाको २० माघमा हुने निर्वाचनमा एमालेले एउटा पनि सिट जित्न सक्दैन।

दुई वर्षपछि पनि थप २० सिटका लागि निर्वाचन हुन्छ। त्यो बेला पनि अहिलेको सत्तारुढ गठबन्धन एक भइदियो भने राष्ट्रिय सभामा एमाले एक सिटमा खुम्चिन्छ।

यस हिसाबले अहिलेसम्म राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल रहेको एमाले फागुनपछि तेस्रो ठूलो दलमा खुम्चिन पुग्छ। पहिलो र दोस्रो ठूलो दल को हुने भन्ने कुरा सत्तारुढ गठबन्धनमा हुने भागबण्डाले निर्धारण गर्छ।

यसपटक ८ सदस्य गुमाएर राष्ट्रिय सभामा तेस्रो दलमा झर्ने एमालेको आकार दुई वर्षपछि हुने निर्वाचनमा शर्मनाक हुने स्थिति छ। अर्थात् त्यो बेला एमाले राष्ट्रिय सभामा एक सिटमा खुम्चिन्छ।

जब राष्ट्रिय सभामा एमाले शर्मनाक रुपमा एक सिटमा खुम्चनेछ, ओलीका लागि त्यतिबेलाको स्थिति अहिलेजस्तो नहुनसक्छ। ओलीकै अदुरदर्शिता र दम्भका कारण राष्ट्रिय सभामा पार्टीको यस्तो दुर्दशा भएको आवाज उठ्न सक्छ।

यही स्थिति सिर्जना नहोस् भन्नेमा ओली संवेदनशील देखिएका छन् र ‘रणनीतिक’ पनि। सत्तारुढ गठबन्धनप्रति नरमपना त्यसैको उपज हो।

शनिबार, पुष २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.