उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले खेलकुदको भौतिक पूर्वाधारहरू तीव्र गतिमा अघि बढाउन नसकेको बताउनुभएको छ ।
बुधबार ललितपुरमा आयोजित १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले यस्तो बताउनुभएको हो । विगतका कमी, कमजोरीबाट पाठ सिकेर खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले नेपालको खेलकुद विकास, खेलाडीको उन्नतिका लागि प्रोत्साहित गर्न जरुरी रहेको जानकारी दिनुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहले आफ्ना स्रोतलाई खेलकुद विकास र खेलाडीको संरक्षणमा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले खेलाडीमा थप लगानी गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया


