• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

टेलिकमले विश्व परिवेशलाई ध्यान दिएर सेवाको गुणस्तर बढाउनुपर्छः मन्त्री शर्मा

  •   सोमबार, माघ २२, २०८० मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमल विश्व परिवेशलाई ध्यान दिएर ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरी आफ्नो नीति योजना तथा कार्यक्रमको सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २० औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल टेलिकम सरकारको अधिकांश स्वामित्व भएको संस्था भएकाले सरकारको उद्देश्य र कार्यक्रमलाई अवलम्वन गरी सूचना प्रविधीको तीव्र विकास भइरहेको आजको विश्व परिवेशमा ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरि आफ्नो नीति योजना तथा कार्यक्रमको सञ्चालन गर्नुपर्ने बताउनुभएको हो ।

काठमाडौँ, २२ माघ :
सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको सोमबार काठमाडौँमा आयोजित २० औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्नुहुँदै । तस्बिर : किरणराज विष

फोरजी सेवाको बिस्तार र यसको उपयोगमा उल्लेखनीय बृद्धि, अप्टिकल फाइबर योजनाहरु यथाशीघ्र सम्पन्न, सेवाको गुणस्तरमा उल्लेखनिय बृद्धिमा जोड दिंदै एफटिटिएच व्यवसायको आक्रामक बिस्तार, आय चुहावटको नियन्त्रण, एसएमएस गेटवे उचित दरमा दिने गरी बिस्तार गर्न आग्रह गर्दै मन्त्री शर्माले पूर्वाधार कम्पनी, आईटी कम्पनी स्थापनाका साथै नमस्ते पे को व्यापारमा बिस्तार गर्ने बारेमा आवश्यक गृहकार्य गर्न पनि टेलिकमलाई आग्रह गर्नुभयो ।

यस बाहेक कम्पनीमा भइराखेका अनुत्पादक खर्च नियन्त्रण गर्न र कम्पनीको हालको अवस्था अनुसार कम्पनीले आगामी दिनहरुमा लिने पहलहरुमा शुक्ष्म रुपमा अध्ययन गरेर बजारको आजको अवस्था र आगामी दिनहरुमा आईपर्ने कुराहरुलाई ध्यानमा राखी दीर्घकालिन व्यावसायिक योजना तयार गर्न पनि उहाँले टेलिकमलाई आग्रह गर्नुभयो । आफू मन्त्रालयको जिम्मेवारीमा आएको एक वर्ष पूरा भएको र यस अवधिमो कम्पनीबाट गर्नुपर्ने नयाँ कार्यक्रम, सुधारका कार्यहरुमा धेरै पटक छलफल गरेको स्मरण गराउँदै उहाँले सेवामा गुणस्तर कायम गर्न नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरुको मर्मत सम्भारलाई थप चुस्त र प्रभावकारी बनाउन विहान ७ देखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने, टेलिकमका सम्पूर्ण सेवालाई नमूना दूरसञ्चार सेवाको रुपमा विकास गर्नयो वर्ष १९ जिल्लालाई छनौट गरिएको र सबै राजमार्गहरुमा पहूँच र गुणस्तरीय सेवा विस्तारको कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

यो वर्ष सस्तो दरमा इन्टरनेटको अन्तर्राष्ट्रिय व्याण्डविथ सेवा खरिद भएको जानकारी दिंदै उहाँले भन्नुभयो– ‘तर हामी यतिमै सन्तुष्ट हुने अवस्था छैन । हामीले अघि सारेका सेवा प्रवाहमा सुधार र आय वृद्विका कार्य योजनाहरुको प्रगतिको पनि स्मरण र मूल्यांकन गर्ने बेला हो । हासिल हुन नसकेको बाँकी उपलब्धिको कारण पहिल्याई कमीकमजोरीमा सुधार गरी थप कार्ययोजना र उर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ ।’ सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिंदै मन्त्री शर्माले सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार नै भएकाले सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाईवर विस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुककका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर बृद्धि गर्नेतर्फ कम्पनीका कार्यक्रमहरु परिलक्षित रहेको बताउनुभयो ।

दूरसञ्चारको क्षेत्रमा देखिने बेथिति र अन्योल हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुबै खालका काम अघि बढाइएको जानकारी दिंदै उहाँले लाइसेन्स खारेज भएका कम्पनीका सम्पत्ति व्यवस्थापन गर्ने कानुन संशोधन देखि एनसेलको शेयर खरिद विक्री प्रकरणमा छानविन गरी प्रतिवेदन लिने लगायतका काम सरकारले गरेको बताउनुभयो । यो वर्ष मात्रै नयाँ फ्रिक्वेन्सी नीति, २०८० जारी गरेर नेपालको विकासमा अत्यावश्यकीय र राष्ट्रलाई महत्वपूर्ण योगदान दिने दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्ने गरी कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै उहाँले नेपाललाई डिजिटलाइजेसनमा लैजान डिजिटल पूर्वाधार अनिवार्य शर्त भएको बताउनुभयो ।

टेलिकमको गुणस्तर सुधार र विकासमा कर्मचारीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले कर्मचारीले पाउनुपर्ने सबै सुविधा कम्पनी लिने र कर्मचारीले पनि आफ्नो पेशागत दायित्वलाई राष्ट्रिय दायित्व सम्झेर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका टेलिकमका सेवा सुविधा र आगामी योजनाबारे नेपाल टेलिकमका निमित्त प्रवन्ध निर्देशक संगीता पहाडीले जानकारी गराउनुभएको थियो ।

कम्पनीका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारी र नेपाल टेलिकम सञ्चालन समितिका सदस्य शंकर लामिछानेले पनि शुभकामना दिनुभएको थियो ।

सोमबार, माघ २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.