लमजुङ जिल्लाकाे दाेर्दी गाउँवालिका वडा नं २ अर्चलबाेटमा निशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
राेट्र्याट क्लब अफ नारायणगढ र राेटरि क्लब अफ नारायणगढकाे संयुक्त आयाेजनामा लक्ष्मिनारायण मावि पिपल भञ्ज्याङमा सञ्चालन भएको शिविरकाे उदघाटन प्रतिनिधिसभा सदस्य उर्मिला माझी पाैडेलले गर्नुभएको थियाे । शिविर उद्घाटन गर्दै सांसद माझीले स्वास्थ्य नै जिवनकाे प्रमुख आधार भएकोले स्वास्थ्यमा विशेष ध्यान दिन सहभागीहरूलाई आग्रह गर्नुभएको थियाे । उहाँले जनताको स्वास्थ्यप्रति राज्य र वर्तमान सरकार सम्वेदनशील रहेकाे बताउनुभयाे ।

सरकारले गम्भीर प्रकृतिका राेगका लागि निशुल्क उपचारको व्यवस्था गरेको, स्वास्थ्य विमाकाे व्यवस्था गरेको, नावालक र वृद्ध जेष्ठ नागरिकका लागि सरकारी अस्पतालमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको जानकारी दिँदै यसकाे उपयाेग गर्न अपिल गर्नुभयाे । उहाँले प्रत्येक स्थानिय तहमा १५ शैयाकाे अस्पताल निर्माणकाे नीति कार्यन्वयनमा रहेको बताउँदै ग्रामीण भेगमा जनताको स्वास्थ्यकाे लागि यस्ता खालका स्वास्थ्य शिविरले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयाे । शिविर भुपु विद्यार्थी तथा समाजसेवि युवा सुनिल मरेटाकाे विशेष संयाेजनमा भुतपुर्व विधार्थी समाजकाे आयाेजनाम भएकाे हाे । कार्यक्रममा ७०० वढि सेवाग्राहीले सेवा पाएका छन् ।

कार्यक्रममा दाेर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, प्रेस सेन्टर नेपालका महासचिव सन्ताेष पाैडेल, वार्ड अध्यक्ष गणेश खत्री, विद्यालय प्रधानाध्यापक इश्वरी अधिकारी, पुर्व प्रअ तथा व्यवस्थापन समिति अध्यक्ष एवम समाजसेवि रामप्रसाद पाैडेल लगायत चितवनस्थित भरतपुर अस्पताललगायतबाट आउनुभएको चिकित्सकहरूकाे उपस्थिति रहेकाे थियाे ।


