धेरजसो मानिसको दिनको सुरुवात विहान चिया वा कफीसँगै हुन्छ ।
अमेरिकाको नेशनल कफी एशोसियसनका अनुसार ६३ प्रतिशत अमेरिकी विहान आँखा खुल्ने वित्तिकै कफी पिउँछन् ।
कफी पिउनुका थुप्रै फाइदा छन् जसको बारेमा तपाइले पहिला कहिल्यै नसुनेको पनि हुन सक्छ ।
१.स्वस्थ्य विशेषज्ञका अनुसार दूध नहालेको (ब्ल्याक) कफी दिनको दुई तीन कप पिउँदा लिभर अर्थात कलोजो रोगीका लागि फाइदाजनक हुन्छ । यसले भविष्यमा कलेजोको रोग लाग्ने संभावना पनि अत्यन्तै न्यून बनाइदिन्छ ।
कफीले मानिसको रोग प्रतिरोधी क्षमता बढाउन पनि मद्दत गर्दछ ।

२.कफीको अर्को महत्वपूर्ण फाइदा भनेको मोटोपना कम गर्नु हो ।
कफी नियमित सेवन गर्नाले मोटापनाको समस्या झेलिरहका मानिसको वजन घटाउन मद्दत गर्दछ । कफीमा रहेको एक रसायनले लिभरमा बोसो लाग्न दिँदैन र वजन बढ्न पनि रोक्छ ।

३.कफीको अर्को महत्वपूर्ण फाइदा भनेको हृदय रोगबाट बच्नु हो ।
हरेक दिन तीनदेखि पाँच कप कफी पिउने व्यक्तिको हृदय रोगबाट मृत्यु हुने खतरा २१ प्रतिशतसम्म कम हुने अध्ययनको निश्कर्ष छ ।

४.कफीले मधुमेहको खतरा पनि कम गर्छ । यदि दैनिक ४ कप कफी पिउने हो भने मधुमेह अर्थात सुगर रोग लाग्ने खतरा कम गर्नेछ ।
५.कफीले रगतमा एड्रेनालाइनको स्तर बढाउनेछ ।
यसलाई लडाइ या उडान हार्मोन भनिन्छ । जसले शरीरलाई तिब्र शारीरिक परिश्रमका लागि तयार पार्ने विज्ञहरुको भनाई छ ।



