ताप्लेजुङमा सहिद परिवारलाई सम्मान गरिएको छ ।
जिल्लाको फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा माओवादी जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई सहिद सप्ताहको अवसरमा सम्मान गरिएको हो ।
सहिद तथा बेपत्ता परिवारजनलाई नेकपा (माओवादी केन्द्र) फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिका कमिटीले सम्मान गरेका छन् । कपडा वितरण गर्नुका साथै सम्मानपत्रद्वारा सहिद परिवारलाई सम्मान गरिएको बताइएको छ ।
फक्ताङ्लुङ गाउँपालिका अध्यक्षसमेत रहनुभएका माओवादीका पालिका कमिटी अध्यक्ष राजन लिम्बू ९मुक्ति० काअनुसार सोमबार खेजेनिमका सहिद तथा बेपत्ता परिवारलाई कपडा वितरण गरी सम्मान गरिएको छ ।
तपाईको प्रतिक्रिया


