शारीरिक गतिविधि अचानक सुस्त हुन थाल्यो । फटाफट हिँड्न सक्नुभएन । हिँड्दा हात र खुट्टाको चाल मिलेन । कतै हिँड्दा रोबोर्ट जस्तै हातखुट्टा अचल भयो । आँखा चिम्मा हुँदैन । बस्न र उठ्न पनि कठिन भयो । शरीरमा अनायस कम्पन हुन्छ । राती सुत्न सकिदैन । यस्तो समस्या अहिले धेरैलाई छ । किनभने यो पार्किन्सनको समस्या हो । ६० बर्ष उमेर काटेका धेरै यही समस्या झेलिरहेका छन् । तर, बुढापाका मात्र होइन युवाहरुमा पनि यो समस्या देखिन थालेको छ ।
पार्किन्सन भएको मान्छे हाँस्दैन, सहज रुपमा बोल्दैन, खानेकुरा राम्ररी खानै सक्दैन । यसका अनेक झमेला छ ।
पार्किन्सन मात्र होइन, छारेरोग, डिप्रेसन, डिस्टोनिया, ओसिडी, शारीरिक कम्पन पनि यस्तै साझा समस्या हो । यी सबै किसिमको समस्याले मान्छेको दिनचर्या पूर्ण रुपमा प्रभावित बनाउँछ । खाने, बस्ने, सुत्ने, उठ्ने, हिँड्ने, खेल्ने, काम गर्ने कुराको लय बिग्रन्छ ।
पार्किन्सन, छारेरोग, डिप्रेसन, डिस्टोनिया, ओसिडी, शारीरिक कम्पन जस्ता समस्या भित्रभित्रै जटिल बन्दै गएको छ । पार्किन्सन जस्ता कतिपय समस्याको ठ्याक्कै कारण अहिलेसम्म पत्ता लागेको छैन । यसको कारणबारे अध्ययन(अनुसन्धान भइरहेको छ ।
यस्तो समस्याको उपचारमा औषधिलगायत अरु केही विधि प्रयोग गरिन्छ । पार्किन्सनको हकमा औषधि दिएर पनि पाँच बर्षसम्म उनको अवस्था निरिक्षण गर्नुपर्छ भनिन्छ । यसको अर्थ कतिपयलाई औषधिले समेत काम गर्दैन । यस्तो अवस्थामा केही नयाँ प्रविधि आएको छ, जसले प्रभावकारी काम गर्न सक्छ ।
यो उपचार चलनचल्तीमा आएको धेरै भएको छैन । अहिले वीर अस्पतालले सुरु गरिरहेको छ ।
यसका लागि आवश्यक प्रविधिको समस्या छैन । केही समयपछि अमेरिकाबाट सात आठ जानको विशेषज्ञ चिकित्सकहरु आउँदैछन्, यही प्रविधि सञ्चालनका लागि । उनीहरुबाट पनि सेवासँगै कतिपय उपकरण सहयोग पाइनेछ ।


