काठमाडौं ,चैत्र १२
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा रिट जारी गरेको छ । न्यायाधीशद्वय कुमार चुडार र शारङ्गा सुवेदीको संयुक्त इजलासले रिट जारी गरेको हो । रिट जारी भएसँगै प्रसाइलाई मेडिकल कलेज संचालनको बाटो खुला गरेको छ ।
मेडिकल व्यवसायी प्रसाईंले मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
वि एण्ड सि मेडिकल कलेज टिचिङ्ग हस्पिटल रण्ड रिसर्च सेन्टर प्रा. लि. को तर्फबाट दुर्गा प्रसाद प्रसाई भएको 078-FN-0186 निवेदनमा कानुन बमोजिम गर्नु भनि फैसला भएको छ ।
तपाईको प्रतिक्रिया


