उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्नका लागि संयुक्त राष्ट्रसङ्घसँग आग्रह गर्ने बताउनुभएको छ ।
शुक्रबार लुम्बिनीमा लुम्बिन्धी अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उपप्रधानमन्त्री श्रेष्ठले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका क्रममा आफूले महासचिव गुटेरेससँग नेपालले प्रस्ताव ल्याएको खण्डमा समर्थन गरी प्रस्ताव पारित गर्न सहयोग गर्न आग्रह गरेको बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि नेपालले आन्तरिक तयारी गरिरहेको पनि बताउनुभयो । उहाँले उच्चस्तरमा छलफल सकेर नेपाल सरकारले प्रस्ताव पारित गरेको खण्डमा अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्न सहयोग गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।
तपाईको प्रतिक्रिया


