• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

सुनकोसी मरिण डाइभर्सन सुरुङको आज ‘ब्रेक थु’ हुँदै

  •   बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित

खुर्कोट,बैशाख २६ । राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजनाका रूपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । सुरुङ निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज वैशाख २६ गते एक समारोहका बिचमा ब्रेक थ्रु गर्न लाग्नु भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २०मा सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण कार्यको शिलान्यास गर्नुभएको थियो ।

नेपालको कृषि क्षेत्रमा भरपर्दो सिँचाइ, विद्युत् उत्पादन तथा तराई मधेसका जिल्लाहरूमा बढ्दो खानेपानीको समस्याको समाधान गर्नमा आयोजनाको निर्माणले ठुलो मद्दत पुग्ने विश्वास आयोजनाको लाभान्वित क्षेत्रका स्थानीय बासीको रहेको छ । अहिले बागमती सिँचाइ योजनाले सर्लाही तथा रौतहट जिल्लाका ४५ हजार ६०० सय हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ गर्ने गरिएको छ ।

निक्कै पहिलादेखि नै यस आयोजनाको माग हुँदै आएकोमा वर्तमान सरकारको निर्देशनमा आयोजनाले युद्ध स्तरमा काम गरेर आयोजनाको सुरुङ निर्माण समय भन्दा अगावै पुरा गरेको छ । आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि मधेस प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा बारा जिल्लाका १ लाख २२ हजार हेक्टर कृषि योग्य भूमिमा बाह्रै महिना सिँचाइ सेवा पुग्ने भएको आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिनुभयो ।

मधेस प्रदेशको कृषि क्षेत्रका लागि वरदान मानिएका आयोजनाको सम्पूर्ण कार्य पुरा गर्नमा अझै केही वर्ष लाग्ने छ । सुरुङको निर्माण कठिन भए पनि निर्माण कम्पनीले पहिला नै काम सकेर देखाई दिएको आयोजनाका प्रमुख बरालले जानकारी दिनुभयो । आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरेको छ ।

सुनकोसी मरिण डाइभर्सन आयोजना अन्तर्गत १३.३ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएको छ । सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) विधिको प्रयोग गरेर गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनामा भएको सफलतापछि सुनकोसी मरिणमा पनि टिबिएम मेसिन प्रयोग गरिएको हो । उपकरणको प्रयोग गरी सुरुङ निर्माण गर्दा त्यसले सकारात्मक प्रभाव पारेका कारणले अन्य आयोजनामा त्यस्तै उपकरणको प्रयोग गर्नका लागि अभिप्रेरित गरेको छ । सुरुङ निर्माणसँगै बाँध निर्माणको कामलाई गति दिने काम भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफै नियमितरुपमा आयोजनाका सन्दर्भमा चासो राख्दै आउनु भएकाले आयोजनाको काम गर्न सहज भएको आयोजनाले जनाएको छ । २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३.३ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएको छ ।

तर बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकिएको छैन । निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति भएको छैन । विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुने भएकाले राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने अवस्था रहेको छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनले संयुक्त ठेक्का पाएको छ ।

राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जा मन्त्रीबाट प्रतिबद्धता आउने गरेकाले आफूहरूलाई काम गर्न सहज भएको आयोजना प्रमुख बरालले जानकारी दिनुभयो । सुनकोसी गाउँपालिका वडा नं। ७ कानढुङ्गीस्थित सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोसी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ ।

सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ । त्यसपछि वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने तथा खानेपानी आवश्यक भएको खण्डमा शुद्धीकरण गरेर मधेस प्रदेशका खानेपानी अभाव भएको ठाउँमा वितरण पनि गर्न सकिनेछ ।

बहुउद्देश्यीय आयोजना भएकाले आयोजनाबाट ३१.०७ मेगावाट बिजुली उत्पादन हुनेछ । यसले देशको आर्थिक विकासमा टेवा पुग्ने आशा आयोजनाको रहेको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको कथन रहेको छ । विसं २०८४ को असोजमा सो आयोजना पूर्णिमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजना सम्पन्न भएपछि अन्न भण्डारका रूपमा रहेको मधेस प्रदेशका पाँच जिल्लामा वर्षभरि नै खेत खेतमा सिँचाइ सुविधा पुग्नेछ । यी जिल्लाहरूमा खाद्य तथा नगदे बालीको उत्पादन तथा उत्पादकत्वमा वृद्धि भएर मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पुग्ने विश्वास आयोजनाको छ ।

बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.