• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

कर्जा लगानी बढाउने रणनीतिमा राष्ट्र बैंक

  •   शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित

राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८०–८१ मा ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केही लचिलो नीति लिएको छ ।
चालु आर्थिक वर्ष अन्त्य हुँनै लाग्दा यो नीतिले हाल सुस्त रहेको अर्थतन्त्रलाई केही भए पनि चलायमान बनाउने अपेक्षा राष्ट्र बैंकको छ।

समीक्षामार्फत् राष्ट्र बैंकले हायर पर्चेज प्रकृतिका सवारी कर्जाको जोखिमभार, असल कर्जामा बैंकहरूले गर्नुपर्ने कर्जा नोक्सानीको व्यवस्था घटाएको छ।

यो व्यवस्थासँगै अब बैंकहरूसँग करिब ६ अर्ब रूपैयाँ मात्रै निस्किने देखिएको छ।

सवारी कर्जाको जोखिमभार घट्दा बैंकहरूसँग तीन अर्ब ७५ करोड हाराहारी रकम निस्किने अनुमान छ, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरू पौडेलले भने, ुत्यस्तै, असल कर्जामा बैंकहरूले राख्नुपर्ने कर्जा नोक्सानी व्यवस्था घटेसँगै लगभग २ अर्ब १६ करोड रकम उपलब्ध हुन्छ।

हाल बैंक तथा वित्तीय संस्थाले हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जामा १ सय २५ प्रतिशत जोखिमभार राख्दै आएका छन्। अब भने यस्तो जोखिम भार १०० प्रतिशत कायम गर्न सक्ने गरी राष्ट्र बैंकले नयाँ व्यवस्था गर्ने भएको छ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरूको लागि हाल १.२५ प्रतिशत कर्जा नोक्सानी राख्नु परिरहेकोमा १.२० प्रतिशत राखे पुग्ने गरी व्यवस्था गर्न लागेको छ। यसले बैंकहरूको नाफामा सहयोग पुग्नेछ।

राष्ट्र बैंकले कोभिडकालीन समयमा असल वर्गको कर्जामा पनि नोक्सानी व्यवस्था बढाएको थियो। एक प्रतिशत हाराहारी रहेको यस्तो व्यवस्थालाई वृद्धि गरेर १.३ प्रतिशत पुर्‍याएको थियो।

अहिले पनि बैंक तथा वित्तीय संस्थामा एक खर्ब १५ अर्बभन्दा धेरै अधिक तरलता छ। बैंकहरूमा अधिक तरलता भएको कारण राष्ट्र बैंकले बजारबाट तरलता उठाइरहेकै छ। हाल निक्षेप संकलन अक्सन विधिबाट मात्रै राष्ट्र बैंकले सय अर्बभन्दा धेरै तरलता खिच्ने गरेको छ।राष्ट्र बैंकले घरजग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत कायम गर्ने भएको छ।

अब ग्राहकले आफ्नो आम्दानीको ७० प्रतिशत रकम किस्ता तिर्न सक्ने गरेर ऋण पाउने भएका छन्। कर चुक्ता प्रमाण पेस गरेका आधारमा यो अनुपातमा कर्जा पाउने भएको हो। अहिले सस्तो ब्याजदर रहेको समयमा यसले घर कर्जा लिन चहानेलाई प्रोत्साहित गर्ने अपेक्षा राष्ट्र बैंकको हो।

 

शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.