पर्यटन विकास आयोजना इकाई काठमाडौँका दुई सव-इन्जिनियर घुस लिँदै गर्दा कार्यकक्षबाटै पक्राउ परेका छन्।
सव-इन्जिनियरद्वय राजनकुमार भट्टराई र संजय अर्यालले निर्माण कार्य सकिएपछि अन्तिम बील भुक्तानी गर्न सेवाग्राहीसँग १७ हजार रुपैयाँ लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।
उनीहरू घुस रकमसहित काठमाडौँ महानगरपालिका ३१ अन्तर्गत पर्यटन विकास आयोजना इकाइस्थित आफ्नै कार्यकक्षबाट पक्राउ परेका अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया


